१४ आश्विन २०८१ सोमबार
image/svg+xml

‘मन्त्रीले राजीनामा दिए, प्रसाईंलाई पनि कारबाही हुुनुपर्छ’

बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राहरुले प्रमाणपत्र पाउनका लागि कतै न कतै आफूलाई बेचेकै हुन्छन भन्ने विवादित अभिव्यक्ति दिएपछि चौतर्फी आचोलना खेपेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन्।

झापाका महिला अधिकारकर्मीद्वारा प्रसाईलाई कारबाहीको माग

झापाका महिला अधिकारकर्मीहरूले बिएन्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईको अभिव्यक्तिको विरोध गरेका छन्। नेपाल महिला संघले प्रसाईलाई कारबाहीको माग सहित अस्पतालमा कालो झन्डा गाडेका छन्।

कानुन मन्त्रीलाई कारबाही गर्न महिला सांसदको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन्।

सरकारका काम कारबाही न्यायपूर्ण भएन : राप्रपा प्रजातान्त्रिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिकले) ले सरकारले स्वास्थ्यकर्मीमाथि गरेको दुर्व्यवहारकाे विरोध गरेको छ ।

एसर्इर्इ नतिजामा त्रुटि : छानबिन प्रतिवेदन अायाे, परीक्षा नियन्त्रकलाई कारबाही

माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ।

शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने

उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको दायरामा ल्याउने भएको छ।

अनुमति नलिई गुणस्तर चिह्न प्रयोग गर्ने कारबाहीमा

सरकारले ओडिएटी फुड एन्ड वेभरेज प्रालिमा सिल गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट अनुमति नलिई आफ्नो उत्पादनमा गुणस्तर चिह्न ‘एनएस’ प्रयोग गरेको पाइएपछि उद्योगमा सिल गरेको विभागको भनाइ छ।

बिना कारबाही छाडिए भारतीय स्वास्थ्यकर्मी

सिरहाको लहान –८ स्थित शिवम मेडिसिन सेन्टरमा सञ्चालित ‘नागेश्वरी चाँदसी दवाखाना’ बाट पक्राउ परेका भारतीय स्वास्थ्यकर्मीलाई बिना कारबाही छाडिएको छ। भारतको कलकत्ता नदियाथाना घुल्ला ग्रामपञ्चायत घर भएका विद्युत रोईलाई प्रहरीले बिना कारबाही छाडेको हो।

दुई दर्जनबढी आयोजनाका ठेकेदारलाई कारबाही सिफारिस

सम्झौता अनुसार तोकिएको समयमा काम नगर्ने जिल्लाका ठेकेदारहरुको सूची गृह मन्त्रालयमा पठाईएको छ। आयोजनाको ठेक्का लिएर समयमा काम नसक्ने ३० ठेकेदारलाई सहित अन्यको निर्माण व्यवसायी, ठेक्का रकम, निर्माण सुरु र सम्पन्न गर्नुपर्ने समय सहितको विस्तृत विवरण जिल्ला प्रशासन कार्यालयले पठाएको हो।

सरकारको आलोचना गरे कर्मचारीमाथि कारबाही

नेपाल सरकारको तलब, भत्तासहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागिय कारबाही गरिने भएको छ। काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो।

किर्ते नागरिकता लिने निर्देशकमाथि कारबाही सुरु

दुईवटा नागरिकता लिई किर्ते गरेको पुष्टी भएपछि समाज कल्याण परिषदका कायम मुकायम निर्देशक शिवबहादुर बस्नेत माथीको कारवाही प्रक्रिया अघि बढाइएको छ ।

१६ सय जनप्रतिनिधि कारबाहीमा

तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार नगद र सम्पत्ति विवरण दाखिला गर्न पत्र काटिएको अख्तियारले जनाएको छ।

डेढ दर्जनभन्दा बढी ठेकेदारलाई कारबाही सिफारिस

रूपन्देहीमा सञ्चालित विभिन्न आयोजनामध्ये १७ आयोजनामा ठेकेदारको लापरबाही देखिएको छ। जिल्ला प्रशासनले विभिन्न ठेकेदारको लगत संकलन गरेको थियो। जसअनुसार १७ वटा आयोजनामा ठेकेदारको ढिलासुस्ती र लापरबाही पाइएको हो। आयोजना ओगटेर सञ्चालन खर्च लगे पनि निर्माणमा लापरबाही गर्ने डेढ दर्जन ठेकेदारको लगत गृह मन्त्रालयमा पठाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले बताए।

छतको पानी सोझै सडकमा फ्याँक्नेलाई कारबाही

काठमाडौं महानगरपालिका वडा २ को कार्यालयले घरको छतबाट खसालिने अकासेपानी व्यवस्थित गर्न वडाका घरधनीलाई सातदिने ‘अल्टिमेटम’ दिएको छ । वडा २ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले घरबाट सडकमा खसालिने अकासेपानीको पाइप हटाउन घरधनीलाई सोमबार पत्र काटेका हुन् । घरको छतबाट जथाभावी ढंगले सडकमा पानी खसाल्दा वर्षायाममा पैदलयात्रुले सास्ती खेप्नुपरेकाले पत्र काटिएको वडा वडाध्यक्ष श्रेष्ठले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्