१४ आश्विन २०८१ सोमबार
image/svg+xml

खोलामा प्रदूषित पानी मिसाउने उद्योगलाई कारबाही गर्न माग

रौतहटको दुर्गाभगवती गाउँपालिकाले स्थानीय खोलामा प्रदूषित पानीको ढल मिसाउने जिल्लाका दुई उद्योगलाई कारबाही गर्न माग गरेको छ। जिल्लास्थित श्रीराम सुगर मिल्स् र ज्योति डिस्टिलरी प्रालिले आफ्ना ढल झाँझ खोलामा विसर्जन गर्ने गरेका छन्।

क्षमताभन्दा बढी भार बोक्ने गाडीलाई कारबाही

मापदण्डविपरीत र अनुमतिभन्दा बढी भार बोक्ने मालबाहक ढुवानीका सवारीसाधन प्रदेश ट्राफिक प्रहरी कार्यालयल, प्रदेश २ पथलैयाको कारबाहीमा परेका छन्।

वाइड बडी खरिदमा मन्त्रीलाई कारबाही सिफारिस

नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिदमा भएको घोटालाका सम्बन्धमा छानबिन गर्न बनेको संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले खरिद प्रक्रियामा संलग्न मन्त्रीहरूलाई कारबाही सिफारिस गरेको छ।

सोसल साइन्स बहाविरुद्धको कारबाही बदर

सामाजिक अनुसन्धानमा सक्रिय संस्था ‘सोसल साइन्स बहा’ माथि अनियमितताको आरोपमा सुरु भएको अनुसन्धान दुईवर्षपछि बदर भएको छ।

विद्यार्थी पिट्ने शिक्षकलाई कारबाही माग

कुटपिटबाट विद्यार्थीको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न राष्ट्रिय जनता पार्टी बाराले माग गरेको छ। राजपाका बारा संयोजक मनोज चौरसियाले बिहीबार विज्ञप्ति निकालेर प्रहरी प्रशासनसँग दोषीलाई कारबारहीको माग गरेका हुन्।

परराष्ट्रका अधिकारीमाथि कारबाही गरिने

इन्डोनेसियामा गएको सुनामीमा परी ज्यान गुमाएकाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समवेदना सन्देशका ठाउँमा बधाई दिएको लेख्ने परराष्ट्रका अधिकारीमाथि कारबाही हुने भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्र्दै त्रुटि कसरी भयो भन्नेबारे सम्बन्धित अधिकारीसँग स्पष्टीकरण माग गरिएको जनाएको छ।

जारमा प्रदूषित पानी, अनुगमन छैन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही पानी उद्योगमा अनुगमन गरेको थियो। अनुगमन टोलीले केही उद्योगलाई कारबाही समेत ग-यो। तर, अहिले फेरि जारको पानीमा समस्या उस्तै देखिएको जानकार बताउँछन्।

समयमा शहीद स्मारक निर्माण नगर्नेलाई कारवाही : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) गोकर्णको काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्मलालाई न्याय माग्दै राष्ट्रपति निवास अगाडि धर्ना, प्रदर्शनकारी पक्राउ

निर्मलाका लागि न्याय माग्दै आज राष्ट्रपति भवन शितल निवास अगाडी धर्ना तथा प्रदर्शन गरिएको छ। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका अपराधी पहिचान र कारबाहीका लागि राज्यलाई दबाव दिन युवा समूहले सितल निवास अगाडी प्रदर्शन गरेका हुन्।

क्रसरलाई कारवाही गर्ने आँट कसको ?

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शक्ति प्रयोग गरेरै भएतापनि क्रसर बन्द गर्ने चेतावनी दिँदा स्थानीय तहका जनप्रतिनिधिहरुले अवैध रुपमा उत्खनन गरेतापनि क्रसर उद्योगहरु बन्द गर्न नसकिने प्रतिक्रिया दिएका छन्।

मदिरा सेवन गर्ने वडा सचिव कारबाहीमा

मदिरा सेवन गरेर कार्यालयमा होहल्ला गरेको भन्दै रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिकाले एक वडा सचिवलाई कारबाही गरेको छ। नगरपालिका वडा नं. ११ का वडासचिव बालकृष्ण गिरीलाई कारबाही गरिएको हो।

बढी भाडा लिने पाँचसय गाडी कारबाहीमा

दसैंमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने पाँच सय सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

नियम मिचेर निर्णय

प्रमुख जिल्ला अधिकारी, जिल्ला स्वास्थ्य प्रमुखसहित स्वास्थ्यक्षेत्रका नियामक निकाय प्रमुखको भदौ २० को बैठकले अनुमति बेगर सञ्चालनमा रहेका स्वास्थ्यसंस्था अविलम्ब बन्द गर्ने निर्णय गर्याे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्