१२ मंसिर २०८१ बुधबार
image/svg+xml

डुमरवाना बहुमुखी क्याम्पसले नवौं वार्षिकोत्सव मनायो

नेकपा एमाले सांसद एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले राज्यको शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन नभएसम्म शिक्षा प्रणालीमा सुधार हुन नसक्ने बताएका छन्। बाराको डुमरवानास्थित डुमरवाना बहुमुखी क्याम्पसको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै सांसद पौडेलले शिक्षा व्यवसायिक र व्यवहारिक नभएसम्म स्वरोजगारी र व्यवसायिक बनाउन नसकिने बताए।

वसन्तपुर क्षेत्रको ९५ प्रतिशत फुटपाथ पसल हट्यो

विश्व सम्पदामा सूचीकृत काठमाडौं दरबार क्षेत्र वसन्तपुर परिसरका सडक तीन महिनाअघि हिँडिसक्नु थिएनन्। कपडा, तरकारी, फलफुल लगायत पसलले फुटपाथ ढपक्कै ढाकेका हुन्थे। भित्री सहरका साँघुरा सडक पदैलयात्री र सवारीसाधनले भरिन्थे।

चैतदेखि चुरोट–सुर्ति बेच्न छुट्टै पसल

सरकारले जथाभावी रुपमा सूर्तीजन्य पदार्थको विक्रीवितरण नियन्त्रण गर्न चैतदेखि छुट्टै पसल सञ्चालनमा ल्याउनु पर्ने व्यवस्था गरेको छ।

रौतहटको शिवनगरमा आगलागी, ५ पसल नष्ट, २५ लाखको क्षति

रौतहटको शिवनगर बजारमा विधुत सर्किट सर्ट भएर आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट भएको छ। आगलागीबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको मालसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

मंगलबजारमा पसल भाडा दुई सयभन्दा कम

मङ्गलबजारमा एउटा सटरको भाडा कति पर्ला रु जो कसैले ५० हजार वा त्योभन्दा बढी अनुमान गर्न सक्छ। ललितपुरको केन्द्रका रुपमा रहेको र पर्यटकको समेत चहलपहल हुने यो स्थानमा अधिकांश कबलको भाडा रु २०० भन्दा कम छ भन्दा विश्वास नलाग्न पनि सक्छ।

घुम्ती पुस्तक पसल

पढ, प्रत्येक दिन पढ । यस्तो चिज पढ कि त्यो कसैले नपढेको होस् । सोच, प्रत्येक दिन सोच अनि यस्तो सोच कि कसैले नसोचेको होस् । गर, प्रत्येक दिन यस्तो काम गर, जो कसैले नगरेको होस् । सधैँ अरुका कुरा पछ्याएर हिँड्नु तिम्रो दिमागको खराबी हो ।

पसलेमाथि साङ्घातिक आक्रमण, अढाइ लाख लुटियाे

इटहरी उपमहानगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको दाहाल कोल्ड सेन्टरका सञ्चालक ६५ वर्षीय केदार दाहाललाई पसलभित्रै साङ्घातिक आक्रमण गरी अढाई लाख रुपैयाँ लुटपाट गरेको घटना बुधबार सार्वजनिक भएको छ ।

अाैषधि पसलमा आगलागी हुँदा छ लाखकाे क्षति

बैतडीको भौनेली गाविसमा रहेको धरमघर बजारमा बिहीबार साँझ आगलागी हुँदा रु ६ लाख बराबर क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भौनेली–८ धरमघर बजारमा रहेको केशवदत्त भट्टको मेडिकल र शृङ्गार पसलमा आगलागी भएको थियो ।

पसल गएकी महिलाको अपहरण गरेर हत्या

असोज १८ गते गाउँको एक किराना पसलबाट घर फर्कंदा हराएकी भनिएकी कल्पना भुसालको हत्या भएको खुलेको छ। धनचौर गाविस ५ निवासी भिमलाल भुसालकी पत्नी ३४ वर्षिया कल्पनालाई पसलबाट समान किनेर घर फर्कंदा वेपत्ता पारी हत्या गरिएको रहस्य खुलेको हो।

तिसाको लमजुङमा आधिकारिक बिक्रेता जयलक्ष्मी सुनचाँदी पसल

तिसा ज्वेलरी एन्ड डायमण्डले लमजुङमा आफ्नो आधिकारीक बिक्रेता नियुक्त गरेको छ। उक्त कम्पनीले लमजुङको बेंसीशहर–११ भीमसेन टोलस्थित जयलक्ष्मी सुनचाँदी पसललाई आफ्नो आधिकारीक बिक्रेता नियुक्त गरेको हो।

सुपथ पसलले दैनिक उपभोग्य वस्तु सस्तियो

सूपथ मूल्य पसलमा सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री भएपछि खुला बजारमा केही सामानको भाउ सस्तिएको छ। सरकारी स्वामित्वका साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी)ले चिनी, दाल, पिठो, तेललगायत दैनिक उपभोग्य वस्तु सस्तोमा बेचेपछि ती सामानको भाउ बजारमा केही सस्तो भएको छ।

गहना चोरेर पैसा झिक्न पसलमा पुग्दा पछाडी पुलिस !

चोरीका गहना बन्दकी राख्न आएका खोटाङ मात्तिम–३ घर भएका १८ बर्षीय रोशिष ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनले खोटाङ दिक्तेल नगरपालिका–२ बस्ने सुभाष आचार्यको घरबाट सुनका गहना र नगद २२ हजार चोरी गरेका थिए।

सुपथ मूल्य पसल सञ्चालन

आपूर्तिमन्त्री दीपक बोहराले सरकारले व्यापारीलाई म्याद सकिएको तथा मिसावट भएका उपभोग्य सामग्री कुनै हालतमा बिक्री गर्न नदिइने प्रतिवद्धता व्यक्त गरेका छन्।

दसैंलाई ६० हजार खसीबोका, असोज १ देखि सुपथमूल्य पसल

दसैंका लागि यस वर्ष काठमाडौं उपत्यकामा बिक्रीवितरण गर्न करिब ६० हजार खसीबोका–च्याङ्ग्रा ल्याइने भएको छ। नेपाल खाद्य संस्थान, पशु चौपाया व्यवसायी संघ तथा अन्य फुटकर निजी व्यवसायीले खसीबोका–च्याङ्ग्रा ल्याउन थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्