बुटवलमा भोलिदेखि हर्न निषेध, प्रदेश ५भर विस्तार गरिँदै
प्रदेश नं ५ लाई ध्वनि प्रदूषणमुक्त बनाउन ट्रफिक प्रहरीले स्थानीय निकायसँग मिलेर अभियान सुरु गरेको छ। अभियानको थालनीस्वरुप भोलि मंसिर १ देखि बुटबललाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको छ।
प्रदेश नं ५ लाई ध्वनि प्रदूषणमुक्त बनाउन ट्रफिक प्रहरीले स्थानीय निकायसँग मिलेर अभियान सुरु गरेको छ। अभियानको थालनीस्वरुप भोलि मंसिर १ देखि बुटबललाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको छ।
प्रदेश नं ५ मा दसैं–तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जनाको ज्यान गएको छ। प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारी अनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन्।
प्रदेश ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारी मन्त्री र पार्टीको साधारण सदस्यबाट हटाइने कुरा धेरैका लागि अकल्पनीय थियो।
चुनावपछि प्रदेश सरकार गठन भएको नौ महिना बितिसक्दा पनि अझै चारवटा प्रदेशको नाम र राजधानी टुंगो लाग्न सकेको छैन। दलीय, जातीय र भेगीय स्वार्थका कारण प्रदेशको नाम र राजधानीको मुद्दा पेचिलो बन्दै गएको छ।
प्रादेशिक सडक अन्तर्गत आवश्यक मोटरवेल पुल निर्माणमा स्विस सरकारले सहयोग गर्ने भएको छ। प्रादेशिक स्तरका विशेष तथा क र ख वर्गका सडकका लागि आवश्यक पर्ने सबै मोटरवेल पुलको जिम्मा स्विस सरकारको स्विस विकास सहयोग कार्यक्रम अन्तर्गत लोकल ब्रिज रोड प्रोग्राम (एलआरबीपी) ले सहयोग गर्नेछ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट पदमुक्त गरिएका दीर्घराज सोडारीलाई नेपाल कम्युनिष्ट पार्टीले समेत कारबाही गरेको छ।
लामो खिचातानी पछि प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन तीन नम्बर प्रदेश सभा बैठकमा पेश भएपनि अन्यौलता कायमै छ। प्रदेश सभाबाट गठित समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएपनि झण्डै तीन महिनापछि प्रदेश सभा बैठकमा पेश भएको थियो।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घराज सोडारीलाई पदमुक्त गरिएको छ। सोडारीलाई पदीय आचरण पुरा नगरेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलवार पदमुक्त गरेको हो।
प्रदेश ५ को संसद् विगत तीन महिनादेखि ठप्प छ । विषयगत समिति बेकामे छन् । प्रदेशको स्थायी राजधानी र नामबारे सिफारिस गर्न विशेष समिति गठन भएको तीन महिना बितेको छ । तर यसबारे औपचारिक बहस सुरु भएको छैन।
दसैंतिहारजस्ता ठूला पर्व सकिएसँगै कर्णाली प्रदेशका बस्ती खाली हुन थालेका छन् । चाडपर्व मान्न आएकाहरू रोजगारी र अध्ययनका लागि ठूला सहर र कालापहाड (भारत) जान थालेपछि गाउँ रित्तिँदै गएका हुन् । यहाँका अधिकांश युवा पैसा कमाउन कालापहाड जाने गर्छन्।
यसपालिको दसैँछेउछाउ अर्थात् अघि र पछि देशभित्र र बाहिर गरी दुई भिन्न क्षेत्रको अध्ययन–अवलोकन भ्रमण गर्ने अवसर जुर्यो ।
गण्डकी प्रदेश सरकारले पनि प्रदेश प्रहरी ऐन ल्याउन सहमति दिएको छ। संघलाई ओभरटेक नगरि वेटिङ गर्ने धारणा बनाएको प्रदेश सरकार आफै ऐन ल्याउन कस्सिएको हो। प्रदेश प्रहरी ऐन ल्याउन लागेको दोश्रो प्रदेश पनि गण्डकी हो। यसअघि नै प्रदेश नं. २ ले प्रहरी ऐन पारित गरेपछि संघ सरकार र प्रदेश सरकारबीचको अधिकारको विषयमा तरंग ल्याएको थियो।
मुस्लिम समुदाय भित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारसँग माग गरेका छन्।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण विवादमा परेको छ। उपचारका लागि थाइल्यान्ड गएका राई त्यहाँबाट अमेरिका पुगेका छन्।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत यु होङले आइतबार भेट गरेका छन्।