१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्थायी राजधानी तोक्न मतदान हुने

तीन नम्बर प्रदेशको स्थायी राजधानी तय गर्न मतदान हुने भएको छ। प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा सोमवार हेटौंडामा बसेको सर्वदलीय बैठकले राजधानी तोक्ने विषयलाई मतदान प्रक्रियामा लैजाने निर्णय गरेको हो।

नेकपाले दियो प्रदेश कमिटीलाई पूर्णता, को को परे ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटी एकतालाई टुंग्याएको छ। नेकपा महासचिव विष्णु पौडेलले सात वटै प्रदेश कमिटी सदस्यहरुको नाम सार्वजनिक गरेका छन्। यस अघि बसेको नेकपाको सचिवालय बैठकले प्रदेश कमिटी सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको सदस्यहरुको नाममा विवाद रहेको थियो।

प्रदेश ५ : हिउँदे अधिवेशन मंसिर २६ मा

प्रदेश नं ५ को हिउँदे अधिवेशन पाँच महिना पछि मंसिर अन्तिम साता बस्ने भएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले मंसिर २६ गते हिउँदे अधिवेशन आव्ह्वानका लागि प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको हो।

प्राथमिकताका क्षेत्रमा लगानी गर्न आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एशियाली विकास बैङ्क (एडिबी)लाई प्रदेश सरकारका प्राथमिकताका योजनामा लगानी गर्न आग्रह गरेका छन्। उनले एडिवीले नेपालमा ठुलो लगानी गरेको भएपनि त्यसको परिणाम नदेखिएको भन्दै अवको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा गर्नुपर्ने बताए।

परम्परागत शैलीका योजनाले कर्णालीको विकास नहुने : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको बताएका छन्।

घुस लिएको आरोपमा स्वास्थ्य निर्देशक पक्राउ

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर तारानाथ पौडेल लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग रु एक लाख घुस लिएको आरोपमा पक्राउ परेका छन्।

प्रदेश सरकारको प्रमुख सचिव र सचिव संघीय सरकारको मातहतमा

संघीय सरकारले प्रदेश सरकारको प्रमुख प्रशासकीय कार्यकारी प्रमुख सचिव तथा सचिवहरुको खटनपटन र सरूवा गर्ने अधिकार आफैंसंग राख्दै प्रदेश निजामती सेवा ऐन मस्यौदा बनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश निजामती ऐनको मस्यौदा तयार गर्दै केही दिनभित्रै सात वटै प्रदेशमा पठाउने तयारी गरेको हो।

प्रदेश नम्बर ३ मा ४४५ एचआइभी संक्रमितको पहिचान

प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स संक्रमित फेला परेका छन्। विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

लिम्बुवान र किरात–खम्बुवान हुनुपर्ने माग

प्रदेश नम्बर १ को नाम र स्थायी राजधानीलाई लिएर बेला–बेलामा बहस चल्ने गरेको छ। पछिल्लो समय सेलाएको बहस फेरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आन्दोलन नै चर्काएर लिम्बुवान र किरात–खम्बुवान हुनुपर्ने माग गर्ने भएको छ।

कामै नगरी भुक्तानी!

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सल्यानको शारदा नगरपालिका–१५ स्थित सिमेटारा साना सिँचाइ मर्मतसम्भार कार्यक्रमका लागि अघिल्लो आर्थिक वर्षको अन्त्यतिर पाँच लाख रुपैयाँ छुट्ट्यायो।

स्थानीय सरकारको मनपरी, प्रतिपक्ष निरीह

तुलसीपुर उपमहानगरपालिकाले संवैधानिक व्यवस्था मिच्दै वस्तु निकासी कर असुलिरहेको छ। कृषि क्षेत्रलाई बढावा दिने नारा दिएको तुलसीपुर उपमहानगरपालिकाले कृषि उपज तथा पशु निकासीमा नै कर लगाएको छ। घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको निर्देशन अवज्ञा गर्दै सडकमा पटके कर लगाएको छ।

एक महिनामा १० जनाको हत्या

प्रदेश पाँचमा पछिल्लो एक महिनामा १० जनाको हत्या भएको छ। कात्तिक १२ देखि मंसिर ७ गते सम्म प्रदेशका विभिन्न जिल्लामा ७ जना पुरुष र ३ जना महिलाको हत्या भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए।

हामी चिल्लो पात बन्छौँ : मुख्यमन्त्री गुरुङ

‘१८ औँ शताब्दीमा रोमको चर्चा निकै हुन्थ्यो, रोम एकैदिनमा बनेको होइन, अहिलेको पोखरा पनि एकैदिनमा बनेको होइन, विकास गर्न समय लाग्छ, ५ वर्षभित्रमा हामीले पनि गण्डकी प्रदेशको विकासको छाँट र छनक देखाउनेछौँ’, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘हुने बिरुवाको चिल्लो पात भन्छन् नि, हो हामी हुने बिरुवाको चिल्लो पात हुन्छौँ, नकि गैँडाको जिब्रो जस्तो खस्रो।’

कृषि क्षेत्रमा महथत्वाकांक्षी योजना, कार्यान्वयनमा अाशंका

लागि चिनिन्छन्। त्यसैले होला राणाकालमै मुलुकको पहिलो सिँचाइ प्रणाली स्थापना हुन लाग्दा हाल यसै प्रदेश अन्तर्गत रहेको सप्तरीलाई नै छनोट गरिएको थियो। त्यतिबेला सप्तरीको फत्तेपुर (हाल सप्तकोसी नगरपालिका)मा नेपालको पहिलो सिँचाइ प्रणाली चन्द्रनहर स्थापना गरिएको थियो।

नेकपा सचिवालय बैठक : प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्