१२ मंसिर २०८१ बुधबार
image/svg+xml

६ महिनामै एमाले सबैतिर विपक्षी

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो कार्यकालमा आफ्नो पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा सत्ताच्युत हुन पुगेको एमाले गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि फेरि केन्द्रदेखि प्रदेश सरकारको हिस्सेदार बन्न पुगेको थियो।

अन्तर प्रदेश मुख्यमन्त्री बैठक: प्रदेश प्रहरी ऐनदेखि जग्गाको स्वामित्वसम्म माग

अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तय गरेको १७ बुँदे साझा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ। गण्डकी प्रदेशको आयोजनामा शुक्रवार पोखरामा बसेको अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तय गरेको १७ बुँदे साझा पत्र मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन्।

प्रथम कोशी प्रदेश ब्याडमिन्टन : मेन्स सिंगलमा विनय र नवीन फाइनलमा प्रवेश

प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा विनय चौधरी र नवीन सिलवाल फाइनलमा प्रवेश गरेका छन्।

कोशीमा मत विभाजन सकियो, गणना हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मत विभाजन सकिएको छ।

पोखरामा मुख्यमन्त्रीहरुको अन्तरप्रदेश भेलाः जटिलता सहजीकरण गर्ने अपेक्षा

पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । यसअघि जेठ १० गते हुने भनिएको भेला त्यो बेला प्रधानमन्त्री नआउँदा स्थगित भएको थियो।

बागमतीमा सत्तापक्ष र प्रतिपक्षकाे टकराव बढ्दै

बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन। नेकपा (एमाले) र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन्।

२० वर्ष पुराना सवारी गुडाउन पाउनुपर्ने माग गर्दै आन्दोलन

२० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने माग राख्दै यातायात सम्वद्ध मजदुरहरूले सडकमा गाडी तेर्साएर आन्दोलन गरेका छन्।

आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

कोशी प्रदेशसभाको बैठक भोली सम्मका लागि स्थगित

कोशी प्रदेशसभाको आज साँझ ८ बजेसम्मका लागि स्थगित भएको बैठक भोली शुक्रबारसम्मका लागि स्थगित भएको छ।

कोशी प्रदेशसभा बैठक साँझ ८ बजे बस्ने

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभा छाडेर हिंडेपछि आधा घण्टाका लागि स्थगित भएको प्रदेशसभा बैठक बिहीबार राती ८ बजे बस्ने भएको छ।

कोशी प्रदेश: मुख्यमन्त्री र मन्त्रीहरु निस्किएपछि अझै सुरु भएन प्रदेशसभा बैठक

बैठक स्थगितपछि प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीसहित निस्किएका मन्त्रीहरू समयमै नआउँदा बैठक सुरु हुन नसकेको हो।

सकिँदैछ धान फल्ने खेत

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले गत वर्ष प्रदेशभरिमा १ लाख १७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरेको थियो। तर, जम्मा १ लाख ४ हजार ६ सय २३ हेक्टर क्षेत्रफलमा मात्र धान खेती भयो। अनुमान गरे भन्दा कम क्षेत्रफलमा धान खेती हुँदा उत्पादनमा पनि असर पर्‍यो।

साढे एक घण्टा ढिला गरी सुरु भयो कोशी प्रदेश सभा बैठक

कोशी प्रदेशसभाको बैठक सुरु भएको छ। बैठक दिउँसो एक बजेका लागि बोलाइएको भएपनि साढे एक घण्टा ढिला गरी सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्