६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

‘बिचौलिया र भ्रष्टाचार रोक्छु’

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सांसदहरूले ‘अदालतबाट राज्यलाई नोक्सान हुने, व्यक्ति बलियो हुने खालका फैसला, आदेश किन हुन्छन् ?, अदालत सर्वसाधारणको पहुँचमा कहिले पुग्छ’ जस्ता प्रश्न सोधेका छन्। सांसदले गल्ती गर्ने न्यायाधीशलाई महाभियोगसम्म लगाउन सकिने चेतावनीसमेत घुमाउरो पाराले दिएका छन्।

बिचौलिया र माफियाहरुले नेपाली न्यायालय घेरिएको छ : सुशीला कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले नेपालका न्यायालय बिचौलिया र माफियाहरुले घेरिएको बताएकी छन्। पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा कार्कीले न्यायाधीशहरुको राजनीतिक आस्थाले पनि न्यायालयले सकारात्मक भूमिका खेल्न नसकेको गुनासो गरिन्।

बसपार्कमा बिचौलिया

सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गरेको सात महिना बितिसक्यो। तर, सरकारले नयाँ बसपार्कमा बिचौलिया (दलाली) प्रथाको अन्त्य भने अझैसम्म गर्न सकेको छैन। जसको कारणले यात्रुले दिनहुँजसो सास्ती भोगिरहेका छन्।

बिचौलियाका कारण ठगिदै कृषक

‘हामीले ८ रुपैयाँ प्रतिकिलो टमाटर बेच्दा छेउको लिवाङ बजारमा ४० रुपैयाँ किलो बेचिदै थियो। मेहनत गर्ने हामीले मुल्य पाउँदैनौ तर बिचौलियाले ५ गुणा बढि मूल्यमा हाम्रो उत्पादन उपभोक्तालाई बेचिरहेका छन्।’

यातायात कार्यालयबाट आठ बिचौलिया पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आठ बिचौलियालाई पक्राउ गरेको छ।

सरकारी कार्यालयभित्र बिचौलियालाई रोक

जिल्लाका सरकारी कार्यालयहरुमा बिचौलियालाई प्रवेश रोक लगाइएको छ। सरकारी कार्यालयमा आएका सेवाग्राहीसँग सहयोगको बहानामा रकम असुली गर्ने र सरकारी कागजपत्र चलाउने बिचौलियालाई कार्यालयभित्र प्रवेश गर्न प्रशासनले रोक लगाएको हो।

‘तरकारीका बिचौलियाले दुःख दिए प्रहरीलाई खबर गर्नुस्’

सार्वजनिक यातायातमा दशकौंदेखिको सिन्डिकेटको जालो तोड्नमा सहयोगी काभ्रे प्रहरीको ध्यान अब तरकारीलगायत कृषिउपजमा बिचौलियाको सिन्डिकेट तोड्ने अभियानमा केन्द्रित हुने भएको छ ।‘गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रमुख धिकारीज्यूबाट समेत सबै खालका सिन्डिकेट हटाउने निर्देशन आएको छ । अब पहिलो चरणमा तरकारीको सिन्डिकेट हटाउँछौं । यस कार्यमा सक्रिय रहन मातहतका चौकीलाई समेत निर्देशन दिइसकेको छु,’ काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले भने ।

किसानको पसिनामा बिचौलियाको रजाई

एक किलो फूल गोभीको २० रुपैयाँ त्यो पनि व्यापारीले रोजे जस्तो भएमात्र। दशरथचन्द नगरपालिका–४, जर्गका देवानन्द पाण्डेय उत्पादन गरेको तरकारी डोकोमा बोकेर गोठालापानी पुर्‍याउछन्। व्यापारीले भनेको दरमै दिनुपर्ने उनको बाध्यता छ। तरकारी व्यापारीलाई बिन्ती गर्दा बल्लतल्ल आफ्नो रोजेको भाउमा राख्ने गर्छन्।

बिचौलियाले जनता आवास निर्माण ढिलाइ

जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको घर निर्माणमा बिचौलिया बाधक बनेका छन्। दलित र अल्पसंख्यकहरुको घर निर्माण गर्नका लागि सरकारले जनता अवास कार्यक्रमअन्तर्गत एक घर निर्माणका लागि तीन लाख ३२ हजार पाँच सय रुपैयाँ उपलब्ध गराएको छ।

कोलकातामा बिचौलियाले आयात महँगो

बिचौलिया धेरै भएपछि तेस्रो मुलुकबाट सामान आयातमा खर्च र समय बढी लाग्ने गरेको छ । भारतको कोलकातास्थित बन्दरगाहबाट हुने ढुवानी लागत बढ्दा तेस्रो मुलुकबाट आयातित वस्तुको मूल्य बजारमा पुग्नुअगावै बढ्ने गरेको छ ।‘बिचौलियाको तह चाहिनेभन्दा बढी छ,’ कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले भने, ‘यसबाट आयात लागत बढ्छ, पैसा अन्ततः नेपाली उपभोक्ताको खल्तीबाट जाने हो।’

बिचौलियाको बिगबिगी बढेको दाबी

कान्तिपुर मिडिया ग्रुपले देशभित्रबाट कालो धन विदेश पुर्याएर ‘सेतो धन’ बनाएर फेरि विदेशतिरै फर्काउने ‘मनी लन्डरिङ’ को सिलसिला रोकिनुपर्ने जनाएको छ ।

जनता आवासमा ‘बिचौलिया’ को बिगबिगी

कञ्चनरुप नगरपालिका–५, पिपरापर्वकाबैरसीदेवी सदा आफ्ना तीन नातिनातिनी र बुहारीसहित पछिल्लो पाँच महिनादेखि छिमेकी दुर्गानन्द सदाको घरमा बस्दै आएकी छन् ।

अब किसानको अनुदान बिचौलियाले पाउँदैनन् : नारदमुनी राना

५ मा आरजु राणा देउवालाई फराकिलो मतान्तरले पराजित गर्दै विजय भएका एमालेका नेता तथा नवनिर्वाचित सांसद नारदमुनी रानासँग गरिएको कुराकानी:

बिचौलियाका सात तह : तरकारीको मूल्य छोई नसक्नु

उपत्यकामा हरेक तरकारीको प्रतिकेजी मूल्य एक सय २० रुपैयाँभन्दा माथि छ । मूल्य झनै अकासिने क्रममा छ । गत हप्ता खुद्रा तरकारी पसलमा गोलभेंडाको मूल्य एक सय २० रुपैयाँ थियो । अहिले एक सय ३० सम्ममा बिक्री भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्