४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोनाविरुद्ध खटिने स्वास्थ्यकर्मीलाई गाउँपालिकाले सत प्रतिशत भत्ता दिने

कोरोना सन्त्रासका बीच पनि यसका विरुद्ध काममा खटिने अग्रभागका स्वास्थ्यकर्मीलाई ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले तलव बराबर नै प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ।

नगरपालिकाले दियो स्वास्थ्यकर्मीलाई पिपिई सेट

जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) वितरण गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणकाक्रममा खटिएका ११ स्वास्थ्यचौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई नगरपालिकाले आफैले खरिद गरेको पिपिई वितरण गरेको हो।

स्वास्थ्यकर्मी भड्काउँदै सरकार, प्रोत्साहनको सट्टा धम्की

कोरोना भाइरस संक्रमित नौजना पुगिसकेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको मनोबल उच्च पार्ने निर्णय गर्न सकेको छैन बरु मनोबल गिर्नेगरी पेसागत लाइसेन्स खारेज गर्ने धम्की दिएको छ।

स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह

प्रदेश ५ नं. का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोभिड–१९ सङ्क्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्।

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारवाही गर्न माग

तनहुँको भानु नगरपालिकामा–५ पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गर्दै बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ।

भारतबाट आएकाहरुलाई खोज्दै घरघरमा स्वास्थ्यकर्मी

दैलेखमा भारतबाट आएका ब्यक्तिहरुको लगत संकलनसंगै उनीहरुलाई खोज्दै स्वास्थ्यकर्मीहरु घरघर पुगेका छन्। स्वास्थ्यकर्मीहरु घरमै पुगेर उनीहरुको स्वास्थ्य जाँच जाँच गरेका हुन्।

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी नै जोखिममा

जानकी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलगायत जोखिममा छन्। उनीहरु मास्क र पञ्जाको भरमा काम गरिरहेका छन्। क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी खटिएका छन।  उनीहरुसँग आफ्नो सुरक्षाका लागि कुनै व्यवस्था छैन।

जिल्ला अस्पतालका डाक्टरसहित स्वास्थ्यकर्मी आन्दोलनमा

जिल्ला अस्पताल डोल्पाका डाक्टरसहित स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्य सेवा प्रमुखलाई थुनामा राख्न खोजेको भन्दै सबै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्।

स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

कोभिड –१९ को सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई दिपायल सिलगढी नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ।

स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन्। सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन्।

महिना दिनको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप

हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन्।

हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी निगरानी केन्द्रमा

जुम्ला कालिकोटको सिमाना नाग्मघाटस्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई निगरानी केन्द्रमा राखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले घरभाडामा लिएर स्वास्थ्यकर्मीलाई निगरानीमा राखेको हो। हेल्थ डेस्कमा एक साता बसेका सबै स्वास्थ्यकर्मीलाई निगरानीमा राखिएको कर्णाली प्रतिष्ठानले जानकारी दिएको छ।

स्वास्थ्यकर्मीका लागि पचास लाखको बीमा गरिदिन माग

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदिप यादवले कोरोना भाइरस(कोभिड–१९)को महामारीविरुद्ध आममानिसको स्वास्थ्यका लागि खटिरहेका देशभरका स्वास्थ्यकर्मीहरूको पचास लाख रुपैयाँको जीवन बीमा लगायतको माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्