coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारवाही गर्न माग

तनहुँ - तनहुँको भानु नगरपालिकामा–५ पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गर्दै बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ।

स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका सोही ठाउँका सागर श्रेष्ठ र मदन गुरुङ लगायतका युवाले केन्द्रमा कार्यरत अहेवद्वय महोत्तरी जिल्ला घर भएका २५ वर्षीय मनोहर पण्डित र भानु नगरपालिका–१२ बस्ने २७ वर्षीया पुष्पालाई हातपात गरेको भन्दै उनीहरुमाथि कारवाहीको माग गरिएको हो। भानु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराई, पुरनडिही स्वास्थ्य चौकीका प्रमुख डा। सुगम प्रधान, स्थानीय तह कर्मचारी सङ्घ भानु नगरपालिकाका अध्यक्ष शङ्कर रानाभाट र स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष जितबहादुर घर्तीले संयुक्त रुपमा प्रजिअ अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन।

ती युवाको समूहले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्दै केन्द्रको कुर्सी, टेबल र अन्य उपकरण तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीको मोवाइल फुटाइदिएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिए। मदिरा सेवन गरेका उनीहरुले स्वास्थ्यकर्मीलाई केन्द्रभित्र प्रवेश गरी कुटपिट गरेको घटनाले अहिले कोरोना सङ्क्रमणको जोखिमको ज्यानको परवाह नगरिकन स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीको मनोबल कमजोर भएको विज्ञप्तीमा जनाइएको छ।

कुटपिटमा संलग्नहरुलाई इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले चैत १८ गते पक्राउ गरेपनि २४ घण्टाभित्र पीडित पक्ष जाहेरी दिन नआएको र अहिले हिरासतमा धेरै जना राख्न अवस्था नभएको हुँदा चैत १९ गते तारेखमा रिहा गरिएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार ती व्यक्तिहरुलाई हाजिरी तारेखमा राखिएको हुँदा पीडित पक्षले जाहेरी दिएको खण्डमा पुनः कारवाहीको प्रक्रिया शुरु गरिनेछ। रासस

प्रकाशित: २१ चैत्र २०७६ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App