४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

डोटी - कोभिड –१९ को सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई दिपायल सिलगढी नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ। नगरपालिकाले जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मीको तलब स्केलको २५ प्रतिशत सो  भत्ता प्रदान  गर्ने निर्णय गरेको नगर प्रमुख मञ्जु मलासीले बताए। 

उनका अनुसार लकडाउन अवधिमा सबै स्वास्थ्य संस्थालाई इन्धन तथा  भाइरसका सम्भावित बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने खर्च नगरपालिकाले उपलब्ध गराउने निर्णयसमेत गरेको छ। नगरपालिकाले लकडाउनको समयमा घरभित्रै रहन आह्वान गर्दै स्वास्थ्य समस्या आएमा नजीकको स्वास्थ्यकर्मी अथवा स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

 घरमै बस्न नगरको पत्राचार
नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नगरवासीलाई आफ्नै घरमा बस्न पत्राचार गर्न थालेको छ। नगरभित्र बसोबास गर्ने नागरिकलाई नगरपालिकाले घरैपिच्छे पत्र काटी सुरक्षित  बस्न आग्रहसहित पत्राचार गर्न शुरु गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिए। नगरपालिकाले आफ्ना सबै वडाका वडाध्यक्षको संयोजकत्वमा कोरोना भाइरस नियन्त्रण तथा सचेतना समन्वय समितिसमेत गठन गरेको छ। रासस

प्रकाशित: १८ चैत्र २०७६ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App