२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आधुनिक संगीतको उकालीमा

तरलित तुल्याउँछ कैंयौं मनहरूलाई गीत–सङ्गीत र साहित्यले। भेटाउँछ मनको गहिराइ। मनोरन्जनका साथै समाजमा देखा परेका विकृति र विसंगतिप्रति पनि औंला उठाउन समेत सिकाउँछ संगीतले। सुदूरपश्चिमबाट पनि गुञ्जित भए केही धुन, रचना भए शब्द र सुनिए केही स्वरहरू। पहाडका ७ र तराईका २ गरी ९ जिल्लाको गीतसङ्गीत नै सुदूरपश्चिमको झंकार हो।

बंगलादेशी राजदूत सम्मानित

नेपाली साहित्य, संगीत र संस्कृति संरक्षणमा योगदान पु¥याएको भन्दै नेपालका लागि बंगलादेशकी राजदूत म्यासम विन्ते चाम्सलाई अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराले सम्मान गरेको छ।

जनताले भने झैं भा'को छैन है ...(भिडियो)

जनआन्दोलनको समयमा हामी कलाकारमात्र होइन बुद्धिजिवी, किसान, मजदुर, किसान, डाक्टर, पाइलट, शिक्षकलगायत हरेक पेशा र क्षेत्रका मानिसहरु आन्दोलनको मैदानमा थियौँ। मलाई त्यतिवेलाका धेरै घटनाहरु अहिले पनि याद छन्। यद्यपि सबै घटनाहरु भनिरहन सायद समयले साथ दिदैन।

गजलमा बसन्तको ‘मृगतृष्णा’

‘ओठ निचोर्दा दुध आउने केटाहरू कविता लेख्न नसकेर गजल लेखिरहेका छन्,’ चालीसको दशकमा समीक्षकहरू यस्तै टिप्पणी छपाउँथे। नेपालीमा गजल लेखनको मात्र होइन, गायनको इतिहास पनि उत्साहजनक छैन। सुरुमा पुराना गायक सेतुरामले मोतीराम भट्टको ‘यता हे¥यो यतै मेरा नजरमा राम प्यारा छन्,’ गाएको रेकर्ड त छ तर ‘काफिया’ नभएकाले यसलाई समीक्षकहरू गजल मान्दैनन्।

भिडियोमा नेपथ्यको ‘नासै छ्याँबा’

सांगीतिक समूह ‘नेपथ्य’को गीत ‘नासै छ्याँबामनो ह्योल’ को भिडियो सार्वजनिक भएको छ। नेपालीमा ‘गाउँहरू मध्येमा मनाङको गाउँ राम्रो’ अर्थ राख्ने यो गीतमा व्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङको स्वर छ। अमृतले सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङ पास नाघ्ने बेला मनाङकै परिवेशमा बसेर यसको रचना गरेका थिए। यसको रेकर्ड भने त्यसको चारवर्षपछि अर्थात् सन् २००८ मा तयार भएको ‘ऐनाझ्याल’मा राखिएको थियो।

गोठाले बाँसुरीले डो-याएको यात्रा

उनी राम्रा गायक, संगीतकार तथा संगीत संयोजक हुन्। घण्टौसम्म एकोहोरो किबोर्ड र कम्प्युटरमा तल्लीन भैरहने विनोद बाजुरेलीले संगीतसंयोजन गरेका गीतहरूको संख्या ७ हजार नाघिसक्यो। डेउडा र लोकगीत समेत गरेर १ सय जति गीतमा स्वर दिएका छन्।

रहेनन् संगीतकार बिजु

संगीतकार, संगीत संयोजक, रेकर्डिस्ट र गीतकार बिजु बज्रको ४८ वर्षको उमेरमा आइतबार दिउँसो हृदयघातका कारण निधन भएको छ।

लेकका हामी केटाकेटी

संगीतकार एवं गायक आभास काठमाडौंको काँठ क्षेत्रका रैथाने हुन्। महानगरको उत्तरपूर्वी कुनो आलापोटमा ०१९ चैत १ मा जन्मेका हुन् उनी। सामान्य किसान परिवारमा जन्मे/हुर्केका उनी लामो साधना र संघर्षबाट स्थापित संगीतकर्मी बनेका हुन्।

‘साम्दुङ’ लिएर दीपेश

खोटाङका गायक तथा संगीतकार दीपेश राईको चाम्लिङ राई भाषाको एलबम ‘साम्दुङ’ सार्वजनिक भएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका युवा गायक तथा संगीतकार राईको ‘फोप्ती’, ‘साम्दुङ’, ‘होसुङ’ र ‘बुइछोर’ बोलको चारवटा गीत समेटिएको एलबम हालै काठमाडौंको चाबहिलस्थित फलैंचा रेष्टुरेन्टमा सार्वजनिक गरिएको हो।

सोलुका संगीतकर्मी श्रीमानको मृत्यु

पूर्वको हिमाली जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ पोखरेमा जन्मेका संगीतकर्मी श्रीमान् (थुलुङ ) राईले आफ्नो कर्मथलो पश्चिम पोखरा बनाए। सङ्गीत साधनमा अनवरत अघि बढेका उनै श्रीमान् अब यो संसारमा रहेनन्। गायक तथा सङ्गीतकमर्मी र प्रशिक्षक समेत रहेका उनको बुधबार राति पोखरामा स्कुटर दुर्घटनामा ज्यान गयो।

‘अतित’मा आए अर्जुन मिलन

संविधानविद् डा. भीमार्जुन आचार्य गीत लेखन, गायन हुँदै संगीतमा पनि उत्तिकै सक्रिय छन्। सांगीतिक क्षेत्रमा अर्जुन मिलनका रूपमा चिनिने उनको चौथो एल्बम ‘अतित’ सार्वजनिक भएको छ। एल्बममा गजल तथा गीत संग्रहित छन्।

विगत सम्झँदै आभासले गुञ्जाए पलेँटी

संगीत साधनाका विभिन्न कोणहरूबाट आफुलाई हुर्काउँदै आएका गायक एवं संगीतकार आभास लामो अन्तरालपछि गत शुक्रबार ‘पलेँटी श्रृंखला’मा सोलो प्रस्तुत भएका छन्। ‘पलेँटी श्रृंखला’कै संयोजकसमेत रहेका उनकै स्वरबाट आधुनिक नेपाली संगीतको कार्यक्रम नेपालयले करिब डेढ दशकअघि सुरु गरेको थियो।

संगीतले तात्दै गुराँसको राजधानी

आउँदो नयाँवर्ष तपाईं कसरी मनाउँदै हुनुहुन्छ? नयाँवर्ष पूर्वी नेपालको यात्रा गरेर मनाउने योजना छ भने तपाईंलाई गुराँसको राजधानी तीनजुरे–मिल्केमा स्वागत छ। गुराँसका लागि प्रख्यात रहेको पूर्वी पहाडी यो क्षेत्र आगामी नेपाली नयाँवर्ष अर्थात् २०७६ संगीतमय बन्दैछ। जहाँ विश्वका १ सय २ देशका नागरिकको जमघट हुनेछ।

‘पलेँटी’मा आभास गुञ्जन

तेह्र वर्षदेखि सांगीतिक श्रृंखला ‘पलेँटी’ को संयोजन गर्दै आएका गायक तथा संगीतकार आभास यसपटकको ‘पलेँटी’मा आफैं प्रस्तुत हुने भएका छन्। नेपालयले सञ्चालन गर्दै आएको यो श्रृंखलाको पहिलो संस्करणको सुरुवात पनि आभासकै गीतबाट गरिएको थियो।

चुपचाप साधना

‘ससुरालीमा...’, ‘खैरेनीमा गेट...’, ‘वनको काफलवनको चरीलाई...’,‘माझीदाइ पोखरा फेवातालको...’, जस्ता गीत नसुनेको नेपालीको होला ? ती गीत सुनेका बहुसंख्यकलाई तिनका गायकबारे पनि थाहा छ। यी तिनै गीत हुन् जसबाट बद्री पंगेनी, बिमाकुमारी दुरा, सिर्जना बिरही थापा, मिलन लामा, राजु परियार जस्ता गायक–गायिका निकै हिट भए। तर, यी र यस्ता थुप्रै कर्णप्रिय गीत–संगीतसँग प्रत्यक्ष जोडिएको एउटा पात्र दुनियाँको नजरबाट ओझेलमा छ। ऊ चुपचाप साधनामा तल्लीन छ। न प्रचार खोज्छ, न कसैसँग गुनासो नै राख्छ। संगीतको संसारमा लडीबुडी गर्न पाइरहनुलाई सबैथोक ठान्छ ऊ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्