१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बढ्न थाल्यो कोरोना: अक्सिजनसहितका आइसोलेसन पूर्ववत् अवस्थामा राख्न निर्देशन

धुलिखेल, मेथिनकोट, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणमा २०५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिए।

गौशालामा ५१ शैयाको निःशुल्क आइसोलेशन केन्द्र

मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैयाको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले बताए।

धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु

धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो।

टोखामा सङ्क्रमित १३ सय नाघ्यो, होम आइसोलेशनमा बसेका बिरामीलाई प्रतिदिन ३५० रुपैयाँ भत्ता दिने

नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने।

‘होम आइसोलेसन’ मा बसेका संक्रमितको प्रश्न : अस्पताल पुग्न पनि भनसुननै गर्नुपर्ने ?

काठमाडौंमा कार्यरत बैंकका एक उच्च कर्मचारीलाई केहीदिनदेखि रुघा खोकी लागिरहेको थियो। तरकेश्वर नगरपालिकामा बस्दै आएका उनी कोरोनाको शंका लागेपछि ग्रान्डी अस्पताल पुगेर स्वाब परीक्षण गराए।

गण्डकी प्रदेश : दुई साताभित्र २५० आइसोलेसन बेड थपिने, गाउँका क्वारेन्टिन रित्तिदै

कोरोना भाईरस संक्रमण बढ्दै जान थालेपछि यहाँका विभिन्न अस्पतालमा आइसोलेसन बेडको संख्या थप्ने तयारी भएको छ। यसअघि विभिन्न अस्पतालमा रहेका आइसोलेसन बेड बिरामीले भरिएपछि थप २५० बेड संख्या थप्ने तयारी भएको हो। भदौ १५ गतेभित्र ती बेड थपिसक्ने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।

आफन्तसँगै आइसोलेशनमा बाध्यातमक बसाइँ

भारतबाट फर्केपछि रामबहादुरको परिवार १८ दिन क्वारेन्टाइनमा बसेर घर फर्केका थिए। घर फर्केको एक सातापछि मात्रै उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो।

कोरोना निको भएका रौतहटका युवकलाई पुन : आइसोलेसनमा ल्याइयो

कोरोना निको भएर घर फर्केका रौतहटका १९ वर्षिय युवालाई पुन: आइसोलेसनमा राखिएको छ। रौतहट इशनाथ नगरपालिकाकाका ति युवकको रिपोर्ट शंकास्पद देखिएको भन्दै नारायणी अस्पताल ल्याइएको हो।

उदयपुरबाट रोल्पा आएका एकजना आइसोलेशनमा

कोरोना संक्रमणबाट अति प्रभाबित जिल्ला उदयपुरबाट रोल्पा आएका एक मजदुरलाई रोल्पा अस्पतालको आइसोलेशनमा राखिएको छ।

प्रदेश १ मा तेइस जना आइसोलेशनमा

कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश नं.१ मा छ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन्।

तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष

कोभिड–१९ का शङ्कास्पद विरामीको उपचारका लागि तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष तयार गरिएको छ।  जिल्लाका व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे र बन्दीपुर गाउँपालिकामा आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्