१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौती आयोः अध्यक्ष गोल्छा

मंगलबार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौतीहरु देखिएको बताएका हुन्।

महासंघद्वारा उद्योगमन्त्रीको ध्यानाकर्षण

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्री बीच सम्पन्न भेटवार्तामा अध्यक्ष गोल्छाले अस्थिर ब्याजदरका कारण विशेषगरी साना व्यवसायी अत्यन्त प्रताडित हुनु परेको बताए।

राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला

महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको अन्तर्राष्ट्रिय व्यापार मेला कोभिड १९ को कारणले रोकिएको थियो। सोही मेलालाई फेरि निरन्तरता दिन लागिएको हो।

मार्गदर्शन संशोधनले माग सम्बोधन भएन: महासंघ

गत कात्तिकदेखि कार्यान्वयनमा आएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन गरी सीमाभन्दा बढी लिएको कर्जा चुक्ता गर्न समय दिने र न्यूनतम सीमा ५० लाखबाट बढाएर १ करोड कायम गर्ने निर्णय सकारात्मक भए पनि उद्योगीका कयौं माग सम्बोधन हुन नसकेको महासंघले जनाएको छ।

सिएसिसिआईको उपाध्यक्षमा श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन (सिएसिसिआई) को उपाध्यक्षमा निर्वाचित भएका छन्।

सबै जिल्लामा आर्थिक विकास गर्न संयुक्त रुपमा लगानी गरौं: ढकाल

म्याग्दी उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभाको शनिबार बेनीमा उद्घाटन गर्दै लगानीको सम्भावना र आर्थिक लाभ हुने क्षेत्रमा स्थानीय लगानीकर्ताकै अगुवाईमा संयुक्त लगानी गरी समृद्धको यात्रालाई सहज बनाउन सकिने ढकालले बताए।

तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुनसक्छः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुने अवस्था आउनसक्ने बताएका छन्।

उद्योग वाणिज्य महासंघको शीर्ष नेतृत्व राजनीतिक भेटघाटमा

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई साँझ उहाँको निवास बालकोट भक्तपुर र नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई बिहान उहाँको निवास खुमलटारमा भेट गरेको थियो।

अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई अनुरोध

नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री जनार्दन शर्मालाई मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि आग्रह गरेको छ।

उद्योग वाणिज्य महासंघले भन्यो- समस्या परेको अर्थतन्त्रलाई जोगाऔं

महासंघले मंगलवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी भन्यो– ‘हामी सचेत भएर सुधारमा लागेनौं र अर्थतन्त्र जोगाएनौं भने मुलुक गम्भीर दुर्घटनामा जानेछ।’ अर्थतन्त्रले अब कुनै पनि प्रकारको राजनीतिक एवं नीतिगत अस्थिरता थेग्न नसक्ने महासंघले जनाएको छ।

आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताए। उनले निर्वाचन देशको भविष्य निर्माणको पहिलो भएकाले उम्मेदवार चयनमा नचुक्न आग्रह गरे।

'निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने नेतृत्व आवश्यक छ'

निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो। निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारको प्रमुख एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने माग राखे।

बैंकविरुद्धको आन्दोलन स्थगित गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले चर्को ब्याजदरविरुद्धको आन्दोलन रोक्न आग्रह गरेको छ।

बैंकको ब्याज वृद्धिविरुद्ध उद्योगी व्यवसायीले आन्दोलन गर्ने

‘दुई वर्षअघि ६ प्रतिशतमा लिएको ऋणको ब्याजलाई बैंकले क्रमशः वृद्धि गर्दै असोज मसान्तमा १६ प्रतिशत पर्‍याएको छ। यस्तो अवस्थामा व्यवसाय गर्न सक्ने अवस्था नरहेकोले बैंकविरुद्ध आन्दोलनको विकल्प छैन।’

तालिममा अर्बौं लगानी गरेर पनि दक्ष कर्मचारीको अभाव भयोः उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले तालिममार्फत दक्ष जनशक्ति निर्माणका लागि निजी क्षेत्र आफैँ जागरुक हुनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्