३ मंसिर २०८१ सोमबार
image/svg+xml

मालारानी गाउँपालिकाले भन्यो– ‘कि जागिर छोड्नुस् कि राजनितीक पद त्याग्नुस्’

कर्मचारीहरु राजनितिक दल र दलका भातृ संस्थामा आबद्ध भएको गम्भिर प्रमाणहरु फेला पारेको भन्दै गाउँपालिकाले कारवाही गर्ने चेतावनी दिएको हाे।

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी

यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ। कोभिड-१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाई छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ।

पाठ्यपुस्तकमा ‘सशस्त्र द्वन्द्व’

कालिकोटको पचालझरना गाउँपालिकाले सशस्त्र द्वन्द्वलाई समेटेर पाठक्रम तयार पारेको छ।

महावै गाउँपालिका पुर्णखोप सुनिश्चित घोषणा

कालिकोट जिल्लाको महावै गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा गरिएको छ।

विपन्न समुदायलाई रेडियो वितरण

सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ।

गाउँपालिकाको स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समावेश

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेको छ।

अनुदान उत्पादनमा प्रेरक

कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहेकी छिन्। विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छिन्।

तिला गाउँपालिका-६ बालविवाह मुक्त वडा घोषणा

जुम्लाको तिला गाउँपालिका- ६ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ ।बैशाख २२ गते बसेको कार्यपालिकाको निर्णय अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने गरेको छ।

होटलमा खाजा खान आएका ग्राहकको छुरा हानेर हत्या

धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ

‘नागरिकतामा परिचय फेरेपछि यौन हिंसाबाट जोगिएँ’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिलु बुदुजाले बुधबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा तरक्क आँसु झारिन।

सुठौली भन्सारमा ३६ प्रतिशत मात्र राजस्व असुली

कपिलवस्तुका यशोधरा गाउँपालिका स्थित सुठौली भन्सारमा चालु आर्थिक वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३६ प्रतिशत मात्र राजस्व असुली भएको छ। भन्सारमा चालु आर्थिक वर्ष २०७८/०८० को साउन महिना देखि चैत महिना सम्म ७५ करोड १० लाख २५ हजार मात्र राजस्व संकलन भएको हो। भन्सारमा नौ महिनाका लागि १ अर्ब ५६ करोड ४४ लाख १० हजार लक्ष्य दिइएको थियो। जुन नौ महिनाको लक्ष्यको ४८ प्रतिशत मात्र हो।

मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

आदिवासी जनजाति समुदायको बाहुल्य रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ।

सडक विस्तार भएको २० वर्षपछि ट्र्याक खोलिदै

हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ। सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो।

तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

बागलुङको तमानखोला गाउँपालिका-३ मा पर्ने यो गाउँ निकै रमणीय छ। परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्