७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

मालारानी गाउँपालिकाले भन्यो– ‘कि जागिर छोड्नुस् कि राजनितीक पद त्याग्नुस्’

अर्घाखाँचीको मालारानी गाउँपालिकाले राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरुलाई राजनितीक पदमा नबस्न चेतावनी दिएको छ। कर्मचारीहरु राजनितिक दल र दलका भातृ संस्थामा आबद्ध भएको गम्भिर प्रमाणहरु फेला पारेको भन्दै गाउँपालिकाले कारवाही गर्ने चेतावनी दिएको हाे।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले एक सुचना जारी गर्दै कर्मचारी पद वा राजनितिक पद मध्ये एक पद त्याग गर्न भनेका छन्। सबै कर्मचारीहरुको अभिलेख जम्मा गरिसकिएकाले ‘जागिर छोड्न वा राजनितीक पद त्याग्न’ उनले निर्देशन गरेका हुन्।

यही जेठ ७ गते भित्र उनले दुई मध्ये कुनै एक पद त्यागेको निवेदन ल्याउन समयावधी तोकेका छन्। अटेरी गरे पदबाट बर्खास्त गर्ने, बर्खास्तको प्रक्रिया अँघी बढाउने वा नियमानुसारको कारवाही गर्ने उनले जानकारी दिए। ‘एउटै व्यक्ती धेरै भुमिकामा रहेको पाएका छौं, प्रमुख प्रशासकिय अधिकृत भुसालले भने,‘कर्मचारीहरु पनि पार्टीका महत्वपुर्ण पदमा बसेको भेटाएका छौं, त्यो मान्य हुँदैन।’

विभिन्न बहानामा कर्मचारी तथा शिक्षकहरु राजनितीक दल र तिनका भातृ संस्थामा आबद्ध भएको देखिएकाले सुद्धिकरणको अभियान चलाएको उनको भनाई छ। कानुनी रुपमा पनि कर्मचारी राजनिती दलका पदहरुमा बस्न नपाईने नियम रहेको भन्दै भुसालले कर्मचारीहरुबाट पुर्ण सहयोगको अपेक्षा गर ।  

प्रकाशित: ३ जेष्ठ २०८० ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App