गाउँपालिका कार्यालय तोडफोड गरी चोरी
मध्यराति कार्यालयभित्र प्रवेश गरी उक्त समूहले ल्यापटप २ थान, मुभी क्यामेरा थान १ थान, डीएसएलआर क्यामेरा १ थान र केही थान हार्डडिक्स समेत चोरी गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले जानकारी दिए।
मध्यराति कार्यालयभित्र प्रवेश गरी उक्त समूहले ल्यापटप २ थान, मुभी क्यामेरा थान १ थान, डीएसएलआर क्यामेरा १ थान र केही थान हार्डडिक्स समेत चोरी गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले जानकारी दिए।
जिल्लाको सायल गाउँपालिकाका अध्यक्षका सालाले मोटरसाईकलको साँचो नदिएको भन्दै गाउँपालिकाका कर्मचारीलाई कुटपिट गरेका छन्। गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलका आफ्नै साला थकाली भनिने पदम रोकायाले गाउँपालिकाका ‘आइटी अफिसर’ (सूचना प्रविधि अधिकृत) नरेश महरालाई कुटपिट गरेका हुन्।
म जनप्रतिनिधि भएर आइसकेपछि यहाँको वडा कार्यालय व्यवस्थित गरे। राज्यले खडा गरेको नियममा रही यहाँका जनतालाई विभिन्न खालका सेवा सुविधा दिए। यो वडाभित्र समग्र आठदेखि १० किलोमिटरसम्मको कच्ची बाटो खोलेको छु।
सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ। निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन्। निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर सुनारीले बताए।
रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका–६ का शिवराम पुनले यो वर्ष २७ क्विन्टल अदुवा उत्पादन गरे। हरेक वर्ष अदुवा उत्पादन गर्दै आएका उनले गत वर्षभन्दा यो वर्ष तीन क्विन्टल बढी उत्पादन गरेको जानकारी दिए।
ज्वालामुखी गाउँपालिका वडा २ मैदीका दुर्गाप्रसाद तिवारी २०७४ वैशाख १३ गते बुवाको दमको उपचार गर्न काठमाडौं आउँदै थिए। बुवाको उपचार गर्न आएका उनी पृथ्वी राजमार्गको एक्लेफाँटमा दुर्घटनामा परे।
लतिपुरको बाग्मती गाउँपालिका –३ तीनपानेमा गएराति भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरी बर्दिबासका १९ वर्षीय विशाल थापामगर, ललितपुर तीनपानेकी १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तान रहेको प्रहरीले जनाएको छ।
यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले आफूलाई अभद्र व्यवहार गरेको भन्दै उपाध्यक्ष गीतादेवी साहले आरोप लगाएकी छन्। अध्यक्ष मुखियाले बलजफ्ती योजनामा हस्ताक्षर गराउन खोजेको र आफूले नमानेपछि अभद्र व्यवहार गर्दै कुट्नसमेत खोजेको उनले बताएकी छन्।
बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका–५ मा हिमालयन बैंक सञ्चालनमा आएको छ।
खेल क्षेत्रको प्रवर्दन गर्न यहाँको एउटा गाउँपालिकाले गाउँ नै पिच्छे ठुला खेल मैदान बनाउने अभियान थालेको छ। जिल्लाको दक्षिणी तामाकोसी गाउँपालिकाले आफ्ना ७ वटै वडामा खेल मैदान निर्माण अभियान थालेको हो।
जिल्लाको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एउटै वंशका दाजुभाइका समाल मगरका घरपरिवार नै एकै प्रकारका अज्ञात रोगबाट सिकिस्त बिरामी हुँदै आएका छन् भने दुईको मृत्यु भइसकेको छ।
शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीले मोबाइल प्रयोग गर्न नपाउने निर्णय गरेको केही दिनमै थुलुङ दुधकोशी गाउँपालिकाले विद्यालयको प्रधानाध्यापकका लागि परीक्षा सञ्चालन गर्ने नौलो तरिका अबलम्बन गरेको छ। गाउँ शिक्षा समितिले २०७६ लाई ‘शैक्षिक सुधार बर्ष’कै रुपमा अघि बढाउने सोचले शैक्षिक गुणस्तर बृद्धिका लागि प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए।
रसुवाको कालिका गाउँपालिकामा सञ्चालन गरिएको ४० वर्ष माथिको पुरुष खुला दौड प्रतियोगिताको उपाधि पासाङ छिरिङ स्याङ्बाले हात पारेका छन्। प्रतियोगितामा ज्याङ्जु लामा द्वित्तीय, हरि पौडेल तृतीय र अर्जुन प्रसाद लामिछानेले सान्त्वना स्थान हासिल गरेका छन्। दौडको दूरी १ हजार मिटर रहेको आयोजक कालिका युवा क्लबका अध्यक्ष सुजन न्यौपानेले बताए।
नेपालकै अग्लो झरना। सुन्दर पाटन र चौरहरू। कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाका विषेशताहरू हुन्, यी। यिनै विशेषताहरूलाई समेटेर अध्यक्ष खड्गराज सेजुवालले गीत तयार पारेका छन्।