१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

आगजनी गर्नेको बयान लिइयो? आयोगलाई ओलीको प्रश्न

‘देशको प्रशासनिक केन्द्र सिंहदरबार र न्याय निरूपणको थलो सर्वोच्च अदालतमा मिसिल खोजीखोजी जलाइयो, त्यसमा संलग्नहरूको बयान आयोगले लिएको छ?’ भन्ने प्रश्न ओलीको भनाइका रूपमा प्रतिवेदनमा उद्धृत गरिएको छ।

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

होटेल सङ्घ नेपाल कोशी प्रदेशका उपाध्यक्ष भवि श्रेष्ठले नेपालकै राम्रो सहर पोखराको माछापुच्छ्रे र विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको प्रदेश कोशीबीच धेरै पर्यटकीय सम्भाव्यता रहेको बताए।

आज यस्तो छ कृषि उपजको थोक मूल्य

रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु ७०, बकुला प्रतिकिलो रु ५५, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ।

‘बखान’ उपन्यासलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीको ऐतिहासिक कृति ‘बखान’ लाई यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ।

हामीले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका छैनौँः पुष्पकमल दाहाल

काठमाडौंमा मेरो आफ्नै घर छैन। मेरी सुपुत्री गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधार हो। न त त्यस्तो नगद भेटिएको छ न त हामीले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका छौं,’ दाहालको बयान भन्दै प्रतिवेदनमा राखिएको छ।

बालेन्द्रलाई संसदीय दलको नेता चयन गर्दै रास्वपा : भोलि प्रधानमन्त्रीको शपथ लिने तयारी

रास्वपाकी समानुपातिक सांसद (निर्वाचित) लिमा अधिकारीका अनुसार बैठकले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्नेछ।

अवसरवादी

लक्ष्मण इमान्दार कार्यकर्ता हुन्। पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध छन्। चुनावमाआफ्नो उमेद्वार जिताउन कुनै कसर बाँकी राखेनन।

८५ वर्षको उमेरमा फर्कियो सुकरामको दृष्टि

नगरभित्रका दलित, विपन्न र वृद्धवृद्धा आँखाको समस्याले पीडित भएको जानकारी पाएपछि विशेष पहल गरेर शिविर सञ्चालन गरिएको नगर प्रमुख श्रवणकुमार यादवले जानकारी दिए।

सेनाको मौनतामाथि प्रश्न

भदौ २३ गते काठमाडौंको सुरक्षा स्थिति बिग्रिएपछि प्रजिअले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सेनाको मद्दत मागिएको भए पनि सेनाले सहयोग नगरेको प्रतिवेदनमा उल्लेख छ।

वीरगञ्ज भन्सारको प्रगति : सात महिनामा एक खर्ब ५४ अर्ब राजस्व संकलन

उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु १३ अर्ब ३६ करोड बढी राजस्व संकलन भएको बताए।

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरीबुहारीको जीवन

क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाका अनुसार यहाँ सप्तरीका मात्र होइन, छिमेकी जिल्ला सिरहा, उदयपुर, खोटाङ, सुनसरी र मोरङसम्मका छात्राहरू लाभान्वित भइरहेका छन्।

अमेरिकी युद्धविराम प्रस्ताव इरानद्वारा अस्वीकार : ट्रम्पको सर्तमा युद्ध नरोकिने जिकिर

यता, अमेरिकाले इरानलाई युद्ध अन्त्य गर्न १५ बुँदे योजना पठाएको छ। पाकिस्तानमार्फत तेहरान पुर्‍याइएको उक्त योजनामा इरानको आणविक कार्यक्रम रोक्ने, युरेनियम संवर्धन सीमित गर्ने, ब्यालिस्टिक र क्रूज मिसाइलमा नियन्त्रण गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्ने जस्ता सर्तहरू समावेश छन्।

एक वर्षमा सात हजार बढी विपद्का घटना : ४७९ जनाको मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन्। यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना बेपत्ता भएका छन्।

जेन-जी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कारबाहीको सिफारिस गरिरहँदा भदौ २४ गतेको विध्वंसमा संलग्न रहेकाहरूलाई भने उन्मुक्ति दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्