१२ मंसिर २०८१ बुधबार
image/svg+xml

परम्परागत नेपाली खाना नै पोषित

कुन खाना खाएमा हाम्रो स्वास्थ्य राम्रो हुन्छ ?,कुन खाना खाने या नखाने ? अक्सर यस्तै जिज्ञासा स्वास्थ्य प्रति सजक हुनेहरुको मनमा हुन्छ। तर हामीले उचित जवाफ पाइरहेका हुँदैनौ। यसको लागि धेरै सोचिंरहनु र खोजीरहनु पर्दैन। मात्र परम्परागत नेपाली खानालाई पच्छयाए हुन्छ।

खुलाउनुपर्ने उद्योगको जग्गा बेच्दै सरकार

फागुन ५ मा बसेको संघीय मन्त्रिपरिषद् बैठकले वीरगन्ज महानगरपालिका–१४ स्थित वचनी करखानाको जग्गामध्ये ६ बिघा जग्गा बिक्री गर्ने निर्णय गरेको छ।

गुनासो गर्ने स्थानीयलाई जिउँदै जलाउने धम्की

ललितपुरको नक्खुस्थित मेडिसिटी अस्पतालबाट केही किलोमिटर पर सैलुङ ग्रुप अफ कम्पनीले खोलेको अलकत्रा कारखाना छ। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी चार वर्षदेखि सञ्चालनमा रहेको उक्त कारखानाका अध्यक्ष हुन्।

हावाबाट खाना !

मङ्गल ग्रहमा हामी पुगिएला÷नपुगिएला, त्यहाँ हाल विकसित खाना उत्पादन हुने÷नहुने जे होला तर विकसित प्रविधि उपयोग गरी बिनाकृषि प्रविधिको हावाबाट बनेको खाना पृथ्वीमै निकट भविष्यमा मानिसको प्लेटसम्म पुग्ने दिन भने धेरै बाँकी छैन।

१० रुपैयाँमा पेटभरि खाना

विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ। स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो।

बुटवलमा सडक खाना महोत्सव गरिदैं

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा बुटवलमा सडक खाना महोत्सव गरीने भएको छ। नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले पुस १४ देखि १६ गतेसम्म सडक खाना महोत्सव गरीने भएको हो।

जाडो बढ्यो, केकस्ता खाना खाने ?

धरानकी शिव वान्तवा एक विहानै फेसवुकमा पोष्ट गर्नु हुन्छ,‘उठ्न खोज्छु,खुट्टाको कुन्जा चल्दैन’। काठमाडौंका सफल भन्छन्,पुस फासफुस भन्या होइन रहेछ म भन्छु पुसलाई धुप दिएर वैसाख पठाइदेऊ’ यी सामाजिक संजालका पोष्ट हेर्दा चिसोको प्रभाव सवैलाई परेको छ। तर हाम्रो खानपानमा केही जुक्ति अपनाए आत्तिहाल्नु पर्दैन ।

तानसेनबासीले सडकमै खाए, सडकमै रमाए (फोटो फिचर)

तानसेनबासीले सडकमै खाने, सडकमै गाउने र नाच्ने गरेर सडक खाना महोत्सव आयोजना गरेका छन्।

नेपाल भ्रमण वर्षको पूर्व सन्धयामा लुम्बिनी सडक खाना महोत्सव

नेपाल भ्रमण वर्ष २०२० र अंग्रेजी नयाँ वर्षको पूर्व सन्धयामा बुद्ध जन्मस्थल लुम्बिनीमा छैठौं लुम्बिनी सडक खाना महोत्सव २०७६ हुने भएको छ।

बंगलादेशको प्लास्टिक कारखानामा आगलागी, जलेर आठ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ।

बैगुनी सेतो नून

वास्तवमा भन्ने हो भने तपाईँको शरीरलाई चाहिने मात्राको सोडियम तपाईँले खाने खानामा प्राकृतिकरूपमै रहेको हुन्छ।

कुरा पत्रु खानाकै

शहरमात्र नभएर कर्णाली जस्ता ठाउँमा पनि प्याकेटका खानेकुरा सजिलै उपलब्ध छन् । त्यसैले त्यहाँका बासिन्दा फापर, कोदो, जौ, सिमी जस्ता पौष्टिक खाना छाडेर यस्ता खाना रुचाउँछन् ।

‘लगानीमैत्री कानुन कार्यान्वयन भएन’

सरकारले लगानीमैत्री वातावरण बनाए पनि उद्योग तथा कलकारखानामा पर्याप्त लगानी विस्तार हुन नसकेको सरोकारवालाले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र समृद्धि फाउन्डेसनद्वारा सयुक्त रूपमा आयोजना गरेको कार्यक्रमका वक्ताले लगानीमैत्री वातावरण नहुँदा अपेक्षाकृत रूपमा लगानी भित्रिन नसकेको गुनासो गरेका छन्।

राजापुरमा धान नपाएपछि कैलालीमा धान खरिद गर्दै चामल कारखाना

बर्दियाको राजापुरस्थित आधुनिक चामल कारखानाले कैलालीको टीकापुरमा धान खरिद सुरु गरेको छ। राजापुर क्षेत्रमा लक्ष्यअनुसार आवश्यक धान खरिद गर्न नसकेपछि छिमेकी जिल्लामा समेत धान खरिद केन्द्र स्थापना गरेर धान खरिद गर्न थालेको हो।

इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना

चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्