हामी अझै पनि साँझ–बिहानकै चिन्तामा छौँ। प्रधानमन्त्री केपी शर्मा ओलीमा नेपालीको साँझ–बिहानकै चिन्ता मुलुकको समृद्धिबाट दूर गर्न सकिने अठोट देखिन्छ। प्रधानमन्त्रीका हावाबाट बिजुली, घर–घरमा ग्यास, मुलुकभर मेट्रो रेल र नदीहरूमा जहाज चल्ने प्रविधिको फाइदा उठाएर मुलुकको द्रुत समृद्धि लिन सकिने विश्वास सामान्य जनमानसमा पच्न सकिरहेको छैन।
गाँस, बास र कपासको चिन्तामा रहेका हामीमा अधिकार र प्रजातन्त्रका मुद्दा जनस्तरसम्म निकै धेरै हाबी बनेका छन्। कर्तव्य, आविस्कार, उत्पादकत्व वृद्धि र विकासका मुद्दा भने प्रायः ओझेलमै धकेलिएको छ। बिल गेट्सले भने सन् २०५० सम्मकै खाना खजानाको हिसाबकिताब निकालिसकेका छन्। त्यतिखेर फस्ट क्लास प्रोटिनको मुख्य स्रोत मानिने मासुको उत्पादन सम्भव होला ? पक्कै पनि संसारमा जनसंख्या बढ्नेछ, त्यसै अनुपातमा बसोबासका लागि जमिन चाहिन्छ। यस हिसाबमा मासुका निम्ति खसी, कुखुरा, राँगा पाल्न पुग्ने जमिन उपलब्ध हुने छैन।
त्यस अवस्थामा के गर्ने त ? हो, त्यसका निम्ति विगतमा केही उपायहरू सुझेकाले शाकाहारी मासु, शाकाहारी अण्डा र भेगन चिज आदि बन्ने प्रविधि वैज्ञानिकहरूले विकास गरे। यी वस्तु सक्कली मासु नभए पनि तिनमा पाइने प्रोटिनका साथै स्वाद मासु, अण्डा र चिजसँग जरुर मिल्थ्यो। यी उत्पादन प्लेटमा राखी खडा मान्छेले सक्कली मासु, अण्डा र चीज नै खाएको अनुभव गर्ने तर यथार्थमा प्रोटिनलगायत सम्पूर्ण पदार्थ शाकाहारी स्रोतबाट लिएर निर्माण हुने गरेको छ।
मङ्गल ग्रहमा हामी पुगिएला÷नपुगिएला, त्यहाँ हाल विकसित खाना उत्पादन हुने÷नहुने जे होला तर विकसित प्रविधि उपयोग गरी बिनाकृषि प्रविधिको हावाबाट बनेको खाना पृथ्वीमै निकट भविष्यमा मानिसको प्लेटसम्म पुग्ने दिन भने धेरै बाँकी छैन।
सुन्दै अनौठा लाग्ने यी कुरा यथार्थमा नेपालमै परम्परागतरूपमा विकसित रैथाने मर्चा वा इष्ट र विभिन्न हर्बलबाट आउने आयुर्वेदिक प्रकृतिको हिलिङ खाना बन्ने सुगन्ध, मसलालगायतका सारतत्वहरूलाई निश्चित रूप र तरिकामा संयोजन गर्ने प्रविधिहरूको वैज्ञानिकीकरण र मूलतः व्यापारीकरण गरेर सम्भव भएका हुन्।
अंग्रेजी संवत् २०५० सम्म पुग्दा विश्वले भोग्ने डर मानिएको प्रोटिनको अभावको स्रोत शाकाहारी मासु, अण्डा र भेगन चिजलगायतका पदार्थबाट जोहो गर्न सकिने प्रविधि सोचेभन्दा निकै चाँडो विकास भयो। २०५० पुग्नु धेरैअगावै आज संसारको जुनसुकै कुनामा पनि शाकाहारी मासु, अण्डा र भेगन चिज जस्ता सबै परिकार सहजै पाइने अवस्थामा बन्यो।
अर्कोतर्फ मात्र मासु खान वा छालाका लागि जनावरको हत्या नगरी नै वास्तविक मासु, रगत र छाला नै बनाउने प्रविधिसमेत विकास भयो। विकसित मुलुकमा जसरी हाम्रा मुलुकका कारखानामा पाउरोटी बनाइन्छ, त्यसरी नै जनावर हत्या नगरी कारखानामा बनाइएको वास्तविक मासु, शाकाहारी मासु, भेगन अण्डा, भेगन चिज सबै उपलब्ध हुन थालेको निकै भइसक्यो।
आज संसारका धनी राष्ट्रहरू मङ्गल ग्रहमा बस्ती बसाउने जोहो गर्दैछन्। मङ्गल ग्रहको अवस्था पृथ्वीको भन्दा नितान्त फरक छ। त्यहाँ घाम त प्रशस्त पुग्छ, पानी पनि देखियो तर ग्रहको वातावरणमा कार्बन डाइअक्साइड ठूलो मात्रामा देखिन्छ।
उक्त अवस्थामा हावा त्यसमा पनि कार्बन डाइअक्साइडबाट नै प्रोटिन र उक्त प्रोटिनबाट बन्द भाडाभित्र बिनाकृषि प्रविधिबाट खाना उत्पादन गर्ने नयाँ तरिका सफलपूर्वक बनाउने प्रविधि विकास भइसकेको छ। कदम् कदाचित मानिस मङ्गल ग्रहमा पुगेकै अवस्थामा पनि अब खानाका लागि के भन्ने टन्टा टरेको छ। मात्र पहिचान भएको प्रविधिको सहजीकरण र व्यापारीकरण गर्ने काम बाँकी छ।
मङ्गल ग्रहमा हामी पुगिएला÷नपुगिएला, त्यहाँ हाल विकसित खाना उत्पादन हुने÷नहुने जे होला तर विकसित प्रविधि उपयोग गरी बिनाकृषि प्रविधिको हावाबाट बनेको खाना पृथ्वीमै निकट भविष्यमा मानिसको प्लेटसम्म पुग्ने दिन भने धेरै बाँकी छैन।
फिनल्यान्डमा रहेको सोलर फुड्स नाम दिइएको एक फिनिस स्टार्ट अप कम्पनीले युरोपियन स्पेस एजेन्सीसँगको सहकार्यमा मूलतः कार्बन डाइअक्साइड, पानी र बिजुलीबाट खाद्य प्रोटिन निर्माण गर्ने तरिका विकसित गरेको छ। मुख्यतया हावाबाट बनाइएको उक्त खाद्य प्रोटिनलाई सोलिन नामकरण गरिएको छ।
सन २०२१ भित्र सोलार फुड्सले आफ्नो सोलिन उत्पादन बजारमा ल्याउने योजनामा छ। अन्तरिक्षमा खाना बनाउने उपायको खोजीका क्रममा सम्भव बनेको यो प्रविधिबाट बनेको प्रोटिनको पिठो सुरुमा पान केकका रूपमा धेरै खाइने अनुमान गरिएको छ।
२०१७ मा स्थापना गरिएको फिनल्यान्डको यो कम्पनीमा कार्यरत वैज्ञानिकहरूका अनुसार उनीहरूको परीक्षण ल्याबमा हाल उनीहरू प्रतिदिन १ किलो सुक्खा प्रोटिन पाउडर बनाइरहेका छन्। सजिलै ठूलो स्केलमा उत्पादनको स्केल अप गर्न सकिने प्रायः सबै एसेन्सियल एमिनो एसिडयुक्त प्रोटिन भएको सोलिन पाउडर प्रतिकिलो ५ देखि ६ अमेरिकी डलरमा उत्पादन भइरहेको छ।
सन २०२१ सम्म करिब १० लाख प्लेट खाना बजारमा ल्याउने तयारीमा रहेको सोलार फुड कम्पनीले हाल आफ्नो उत्पादनलाई मानिसले खाने प्रयोजनमा बजारमा लैजान कानुनी स्वीकृतिको पर्खाइमा छ। संसारमै नौलो रहेको बिनाकृषि प्रणाली खाना उत्पादन सम्भव गराएको यो प्रविधिले संसारमै खाद्य क्षेत्रमा ठूलो क्रान्ति ल्याउन सफल बन्नेछ।
सोलार फुड कम्पनीले विकास गरेको हावाबाट मानिसले खाने खाना बनाउने प्रविधिका लागि एउटा रियाक्टरको डिजाइन गरिएको छ। जसरी चिनी, पानी, इष्ट र खाद्य पदार्थ वा फलफूल हालेर त्यसलाई फर्मेन्टेसन गरी बियर अथवा जाँड बनाउने गरिन्छ त्यस्तै त्यस्तै प्रक्रियाबाट उक्त रियाक्टरमा हावाबाट खाना बनाइने गर्छ।
फिनल्यान्डमा रहेको सोलर फुड्स नाम दिइएको एक फिनिस स्टार्ट अप कम्पनीले युरोपियन स्पेस एजेन्सीसँगको सहकार्यमा मूलतः कार्बन डाइअक्साइड, पानी र बिजुलीबाट खाद्य प्रोटिन निर्माण गर्ने तरिका विकसित गरेको छ।
रियाक्टरमा कम्पनीले आविष्कार गरेको प्रोपराइटरी प्राकृतिक ब्याक्टेरियाले हाइड्रोजन ग्यास, कार्बन डाइअक्साइड, निउट्रिएन्ट र भिटामिनलाई आफ्नो खानाका रूपमा खाइ बढ्ने र सन्तान वृद्धि गर्ने गर्छ। जसलाई प्रोपराइटरी माइक्रोबको फर्मेन्टेसन ट्याङ्कमा नियमित सुचारु हुने तरल फर्मेन्टेसन प्रविधि भन्ने गरिन्छ।
यो प्रविधिमा वातावरणबाट हावालाई खिचेर तताउने र सफा कार्बन डाइअक्साइड र पानीको बाफ सोसेर बिजुलीको करेन्ट जोडिएको इलेक्ट्रोडमा पु¥याइन्छ। इलेक्ट्रोडले त्यहाँ रहेको अत्यन्त पातलो पानीको बाफलाई हाइड्रोजन र अक्सिजनमा परिणत गरिदिन्छ। प्राप्त हाइड्रोजन, कार्बन डाइअक्साइड र अक्सिजनलाई फर्मेन्टेसन ट्याङ्कमा पु-याइन्छ।
फर्मेन्टेसन ट्याङ्कमा प्रोपराइटरी प्राकृतिक ब्याक्टेरिया, एमोनिया, म्याग्नेसियम, क्याल्सियम सल्फेट र फस्फोरस उपलब्ध गराइन्छ। ब्याक्टेरियाले तरल अवस्थामा त्यहाँ उपलब्ध खाना फर्मेन्टेसन प्रविधिले खाएर बढ्छ र सन्तान वृद्धिसमेत गर्छ।
केही समयपछिको लगातारको फर्मेन्टेसनपश्चात उक्त घोल बाक्लो ब्याक्टेरियाको स्लरी बन्न पुग्छ। जसलाई त्यहाँ रहेको ड्रम ड्रायरमा १४० डिग्री सेल्सियसमा सुकाउँदा त्यो बाक्लो झोल वा स्लरी प्रोटिनको पाउडर बन्छ। उक्त प्रोटिनको पाउडरलाई नै कृषि पद्धतिबिना तयार गरिएको पातलो हावाबाट बनेको खाना वा सोलिन भन्ने गरिन्छ।
हाल पानीमा रहेको एमोनियालाई खाना बनाउन चाहिने नाइट्रोजनको स्रोतमा प्रयोग गर्दै आएको कम्पनीको हावामा रहने नाइट्रोजनलाई खिचेर हाइट्रोजनसँग मिसाइ प्राकृतिक ब्याक्टेरियाले खाने खाना एमोनिया बनाउने विकल्प पनि सुरक्षित गरेको छ।
ब्याक्टेरियालाई खुवाउन जरुरी हुने नाइट्रोजन र कार्बन डाइअक्साइडको फोका उत्पादन गर्न हाल पानीको इलेकट्रोलाइसिसमा बिजुली उपयोग गरिएको भए तापनि यसलाई पुनः प्रयोग हुन सक्ने सोलार वा हावाबाट उत्पन्न बिजुली प्रयोग गर्ने योजना रहेको बताइन्छ। कम्पनीले सोलिन भिन्न प्रकारको पूर्ण ‘प्राकृतिक खाना’ रहेको दाबी गरेको छ।
सोलिन हल्का सेबोरी वा उमामी स्वादको लाग्ने स्वादहीन पाउडर हो। जसरी गहुँको पिठो विभिन्न वस्तुमा मिसाएर विभिन्न परिकार बनाएर खाने गरिन्छ ठीक त्यसैगरी यसको उपयोग गर्न सकिन्छ। यसमा ६५–७५ प्रतिशत प्रोटिन, ४–१० प्रतिशत चिल्लो, १०–२० प्रतिशत कार्बोहाइड्रेट र ४–१० प्रतिशत मिनरल हुने गर्छ। खानामा पाइने प्रायः सबै एसेन्सियल एमिनो एसिड यसमा रहेको देखिन्छ।
खानाको उत्पादकत्वको हिसाबमा वनस्पतिभन्दा ६० गुणा र प्राणीभन्दा एक हजार गुणा यो प्रभावकारी देखिएको छ। साथै वातावरण प्रदूषणको हिसाबमा यो विधि बिरुवाभन्दा पाँच गुणा र खसी÷राँगा भन्दा १०० गुणा कम वातावरण प्रदूषण गर्ने गर्छ।
कार्बन फुट प्रिन्टको हिसाबले यो वातावरणबाट कार्बन र एमोनिया हटाउने कार्बन नेगेटिभ रहेकाले उच्च प्राथमिकताको प्रविधि हुन सक्छ। यिनै तर्कका आधारमा कम्पनीले युरोपियन युनियनसँग सोलिनलाई मानव खाद्यका लागि पूर्ण सुरक्षित, अलौकिक वा उपयोगी प्राकृतिक खानाका रूपमा कानुनी मान्यता र स्वीकृति दिइयोस् भनी आवेदन दिएको बुझिएको छ।
(घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन्।)
प्रकाशित: ९ माघ २०७६ ०३:२६ बिहीबार