१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

२ कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड १९) संक्रमित २ जनाको प्रदेश १ मा दुई पुरुषको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक पुरुष र विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा सुनसरीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित २० हजार बढी

नेपालमा पुष्टि भएका कुल कोरोना संक्रमितमध्ये २० हजार ६ सय ९८ जना काठमाडौं उपत्यकामा मात्र रहेका छन्। शनिबारसम्ममा काठमाडौंमा १६ हजार ८ सय ५० जना, ललितपुरमा १९ सय ९५ र भक्तपुरमा १८ सय ५३ जना संक्रमित भएका छन्। गत २४ घण्टामा मात्र ७ सय २४ जना संक्रमित भएका हुन्।

मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु

मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ। स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ।

मोरङमा कोरोना संक्रमित वृद्धको मृत्यु

कोरोना संक्रमित झापाका एक वृद्धको उपचारका क्रममा बुधबार मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा मृत्यु भएको छ ।

कोरोना संक्रमित ६६ हजार नाघे

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ थपसहित नेपालमा कुल संक्रमित संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या बढे पनि ताजमहल खुल्यो

भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ।

भारतमा एकैदिनमा थपिए ९२ हजार ६०५ संक्रमित

भारतमा एकै दिन कोरोनाभाइरसका ९२ हजार ६०५ जना संक्रमित थपिएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ।

४६ प्रतिशत सक्रिय संक्रमित उपत्यकामा

शनिबार सार्वजनिका गरिएको रिपोर्टअनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरका ८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। देशभरिमा १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि भएकोमा काठमाडौं उपत्यकामा मात्रै करिब ६० प्रतिशत रहेको छ।

कोरोना संक्रमित भिआइपी संख्या बढ्दो

अघिल्लो साता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोभिड–१९ संक्रमण देखिएको छ । त्यसैगरी काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यसम्म संक्रमित भएका छन् ।

संक्रमितलाई हुड बाइप्याप भेन्टिलेटर लाभदायी

कोरोनाका सिकिस्त बिरामीलाई परम्परागत भेन्टिलेटरभन्दा हुड बाइप्याप बढी लाभदायक देखिएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड–१९ का बिरामीको उपचार यही विधिबाट गरिरहेको छ। तीन साताअघि अस्पतालले १० वटा हुड बाइप्याप ल्याएको थियो। सो विधि बिरामीको फोक्सोमा पाइप जडान नगरी कृत्रिम श्वास दिने प्रक्रिया हो।

वीपीमा मोरङका ४० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा फेरि मोरङका एक कोरोना संक्रमित पुरुषको निधन भएको छ। मोरङको धनपालथान ६ का ४० बर्षीय पुरुषको हिजो (आइतबार) राती ८ बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्