८ वैशाख २०८१ शनिबार
समाज

७० हजारभन्दा बढी भए कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७० हजारभन्दा बढी पुगेको छ। पछिल्लो चौबिस घण्टामा थप १३ सय १३ जना थपिएसँगै नेपालमा ७० हजार ६ सय १४ जना संक्रमित पुगेका छन्। भदौयता नेपालमा दैनिक संक्रमित संख्या १ हजारभन्दा बढी रहेको छ।

शुक्रबार संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्रै ५० प्रतिशत छन्। काठमाडौंमा ५ सय ३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जना संक्रमित थपिएका हुन्। कुल संक्रमितमध्ये हालसम्म मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ। गत २४ घण्टामा थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ। मृत्यु हुनेहरुमा तीन महिला र तीन पुरुष छन्।

कुल संक्रमितमध्ये ७३.४ प्रतिशत अर्थात् ५१ हजार ८ सय ६६ जना निको भएका छन्। हालसम्म सक्रिय संक्रमित संख्या १८ हजार २ सय ८९ रहेको छ भने तीमध्ये होम आइसोलेसनमा १० हजार ५२ र संस्थागत आइसोलेसनमा ८ हजार २ सय ३७ जना छन्। पछिल्लो समयमा दैनिक आइसियुमा उपचार गर्नेको संख्यामा पनि वृद्धि भएको छ। शुक्रबार २ सय २७ जनाको आइसियुमा र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: १० आश्विन २०७७ ००:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App