पहिराेमा बेपत्ता भएका ९ मध्ये एककाे शव भेटियो (तस्बिरसहित)
सुवाको टिमुरेमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्। बेपत्ता भएका ९ जना मध्ये सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव फेला परेको छ।
सुवाको टिमुरेमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्। बेपत्ता भएका ९ जना मध्ये सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव फेला परेको छ।
चिकित्सा शिक्षा विधेयकको विरोधमा जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। उनलाई विहीबार साँझ सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। सुरुमा उनलाई वीर अस्पताल लगिएको थियो। त्यहाँ बस्न नमानेपछि सेनाकै एम्बुलेन्समा शिक्षण अस्पताल लगिएको हो।
बुधवार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका बस्ती डुबानमा परेका हुन्।
फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्।
काठमाडौका सडकमा असारे विकास छरपस्ट छ। काठमाडौको बौद्ध जोरपाटी खण्डमा भने सडक विस्तार कार्यले बाटोको विजोग भएको छ । ठेकेदारले समयमै काम नसक्दा यो खण्डमा दुई वर्षदेखि सडक प्रयोगकर्ताले अचाक्ली दुःख पाएका छन् ।
फोटो पत्रकार क्लव नेपालले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०७५ को काठमाडौंमा निर्णायक चरण सम्पन्न भएको छ। प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ५ हजार ५ सय ८० फोटो प्राप्त भएको क्लबले जनाएको छ। दुई चरणमा निर्णायकहरुबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ६० फोटो छानिएका छन्।
नेपालमा गएको पुस महिनासम्म सवारी साधनको कुल संख्या ३० लाख ५२ हजार ३ सय ९७ रहेको छ । यो संख्या मध्ये मोटरसाइकलको संख्या मात्र झन्डै असी प्रतिशत रहेको छ।
गर्मीले आजित वीरगन्जवासीले पर्खेको झरी भएपछि अर्को समस्याले घेरेको छ। पहिलो झरीले वीरगन्जलाई जलमग्न बनाएको छ। रातिदेखि भइरहेको अविरल वर्षाले ब्यपारिक नगरिका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वीरगञ्जको रानीघाट, श्रीपुर, पानीट्यांकी, नगवा, भिषुवा, रामगढवा, वीर्ता, छप्कैया आदर्शनगर लगायतका क्षेत्रहरु डुबानमा परेका हुन्।
आज असार १५ मा दही चिउरा खाने चलन छ। यस अवसरमा उपत्यकामा भक्तपुरको जुजु धौ (राजा दही) निकै लोकप्रिय छ। यतिवेला भक्तपुरका दही व्यवसायीलाई भ्याइनभ्याइ छ।
प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा रुपन्देहीको सैनामैना १५ बाँसगढीमा धान दिवस मनाइएको छ ।
यो वर्षको मनसुन सुरु हुन नपाउँदै वितण्डा मच्चाउन सुरु गरेको छ । सोमबार साँझदेखि परेको अविरल वर्षसंगै आएको पहिरोले पुरिएर जिल्लाको बरेङ गाउँपालिका—१ धुल्लुबासकोटमा तीन जनाको मृत्यु भएको छ भने बेलबगरको बस्ती जोखिममा परेको छ ।
आफ्नो सुविधामा भए ठिक अन्यथा सबै गलत, यो प्रवृत्ति मानव–समाजको चरित्र नै हो । यहाँ तल प्रयुक्त नेपाल प्रज्ञाप्रतिष्ठानको विवरणले मेरो कलमप्रति पक्कै यही संकेत गर्ला।
पूर्वीय दर्शनको बर्चश्व रहेका नेपाल र भारतमा दर्जनौं संस्थाले आज योगाभ्यास सम्बन्धी विविध कार्यक्रम गरेका छन्। शिव योग साधना केन्द्रले आज बालबालिकालाई योगाभ्यास गराएको थियो।
मनसुन सुरु भएसँगै काठमाडौंको प्रदुषण तह सरकारले तोकेको र विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डमा तलमाथि भएको छ। काठमाडौंको अन्त्यहिन बाटो विस्तार, धिमा निर्माण गतिका कारण अझै पनि काठमाडौंबासीले सूर्योदयसँगै धुलो सामना गर्नुपर्छ। अहिले फाट्टफुट्ट वर्षा भइरहँदा त्यही धुलो हिलोमा परिणत भएपछि अर्को समस्या थपिएको छ।
विगतमा बन्द, हडताल, संक्रमणकाल, सरकार परिवर्तन, अख्तियारको निगरानीजस्ता विषयलाई देखाएर पानीमाथि ओभानो बन्ने अधिकारीहरुले यो वर्ष चुनावलाई तगारोका रुपमा प्रस्तुत गरिरहेका छन् । काम नगर्नेले दसथरी बहाना बनाउन जान्दछन् । तिनलाई ठिक ठाउँमा ल्याउने उपाय दण्ड र प्रोत्साहन नै हो, यसतर्फ सरकार चनाखो हुनुपर्छ । आर्थिक सर्वेक्षणले देखाएको निराशाजनक चित्र आगामी वर्षमा फेरि देख्नु नपरोस् ।