२४ श्रावण २०७७ शनिबार

बजेटमा फ्लाइओभर, सुरुङमार्गदेखि रेलमार्गसम्मको सपना

सरकारले एक दशकदेखि बजेट तथा निति कार्यक्रममा फ्लाइओभर निर्माण गर्ने कार्यक्रम राख्दै आए पनि अहिलेसम्म काम सुरु भएको छैन । आगामी वर्षको बजेटमा पनि काठमाडौंको कंलकी–कोटेश्वर सडक खण्डको तीन ठाउँमा फ्लाइओभर निर्माण गर्न बजेट विनियोजन गरेको छ ।

महानगरको बजेट : मोनोरेलको सम्भाव्यता अध्ययनदेखि फ्लाइओभर निर्माणसम्म

महानगरपालिकाको तेस्रो नगर सभा वैठकले आर्थिक वर्ष २०७५/७६ को लागि १३ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजेट सार्वजनिक गर्दै आन्तरिक स्रोतबाट चार अर्ब ९० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको बताए। महानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा १.१ प्रतिशतले मात्रै वृद्धि गरेको छ।

फ्लाइओभर : बाँडिन्छन् सपना, बन्दैनन् योजना

माइतीघर–त्रिपुरेश्वर सडकखण्डमा निर्माण गर्ने भनिएको चार लेनको फ्लाइओभर पनि अन्योलमा छ । जाइकाले दुई वर्षअघि त्रिपुरेश्वर, थापाथली र माइतीघरलाई समेटेर फ्लाइओभरको सम्भाव्यता अध्ययन गरेको थियो । सम्भाव्यता अध्ययन सम्पन्न गरिए पनि अझैसम्म विस्तृत परियोजना प्रतिवेदन भने अझैसम्म बनेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्