'भारत र बंगलादेशसँग विद्युत् व्यापार गर्ने सुनौलो अवसर'
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले केही समयभित्रै नेपालमा पर्याप्त मात्रा बिजुली उत्पादन हुने भएकाले बिजुलीको क्षेत्रीय बजारको आवश्यकता भएको बताएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले केही समयभित्रै नेपालमा पर्याप्त मात्रा बिजुली उत्पादन हुने भएकाले बिजुलीको क्षेत्रीय बजारको आवश्यकता भएको बताएका छन्।
बाँकेस्थित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले विवादित पश्चिम मूल नहर परीक्षणको काम पुनः सुरु गरेको छ। यसअघि उक्त नहर परीक्षणका क्रममा पटक–पटक भत्किएको थियो।
पञ्चायतकालीन कुलो मर्मत नहुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा खेतीयोग्य जमिन बाँझिएको छ। तत्कालीन खाल्ले गाउँ पञ्चायतले २०३५ सालमा निर्माण गरेको दिखुवाखोला–सिमखर्क सिँचाइ योजना बाढी र पहिरोले अवरुद्ध हुँदा खाल्लेको खाम्खुवास्थित तीन हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझिएको हो।
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्त गतिमा छ। निर्माण सुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटका तत्कालीन प्रमुख र प्राविधिकले ९ लाखबराबरको काम सम्पन्न सिँचाइ योजनामा ४ लाख रुपैयाँ घुस लिएको खुलेको छ। सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटका प्रमुख प्रकाश अधिकारी र सव इन्जिनियर सुधिर कुमार शाहले कालिञ्चोक गाउँस्थित सिरम्फु सिँचाइ योजनाको काम सम्पन्न गरेपछि उपभोक्ता समितिका पदाधिकारीबाट ४ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नहरको छेउमै सुकेको धानखेतमा सिंचाइ डिभिजन कार्यालय बागमतीविरुद्ध रौतहटका किसानले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।
गत असारमा आएको बाढीबाट क्षतिग्रस्त सिँचाइका संरचना दीर्घकालीनरूपमा पुनर्निर्माण गर्न दुई अर्ब ११ करोड रुपैयाँ लाग्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असारमा आएको बाढीबाट सिँचाइ तथा तटबन्ध आयोजनाका करिब दुई दर्जनभन्दा धेरै आयोजनाको संरचनामा क्षति भएको जनाएको छ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पछिल्लोपटक भत्केको एक वर्ष पूरा भइसकेको छ। पश्चिम मूल नहरको ढकेरीस्थित चंगाई नाला नजिक गत वर्ष साउन ७ गते परीक्षणका क्रममा भत्केको थियो।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाले प्रारम्भिक परीक्षणका क्रममा नहरमा बगाएको पानी पुनः कर्णाली नदीमै फालेको छ।
१४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह पक्राउ गरेका छन्।
मन्त्री पुनले भनेजसरी सञ्चालनमा आएको छैन। न त इन्टेकका ढोका सञ्चालनमा आएका छन् न नहरमा पानी बगेको छ। अहिले पनि यस क्षेत्रको १४ हजार हेक्टर भू–भागमा परम्परागत ढंगले नै सिँचाइ भइरहेको छ।
रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ। सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ।
परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ। यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्ने भन्नेबारे विवाद थियो। सरकारी अधिकारीहरूले परीक्षणका क्रममा भत्केकाले मर्मतको दायित्व ठेकेदार कम्पनीको हुने दाबी गरिरहेका थिए भने समयमै परीक्षण नगरिएकाले मर्मतको दायित्व आफ्नो नहुने तर्क ठेकेदार कम्पनीले गर्दै आएको थियो।
सयौं उपभोक्ताको सहभागितामा शनिबार बबई सिँचाइ आयोजनाको मूल नहर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। विगतमा झैं रोपाइँ सुरु हुनुपूर्व साविकका तीन गाविस (पदनाहा, धधवार र मगरागाडी) का सयौं उपभोक्ताको सहभागितामा सो सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा ३ हजार ५ सय जनाको सहभागिता रहेको बबई सिँचाइ आयोजना कार्यालयको रेकर्डमा उल्लेख छ। शनिबार बिहान ८ बजे नहरभित्र पसेका उपभोक्ताले दिउँसो १२ बजेसम्म नहर सफा गरेका थिए।
आयोजनाको नहरको डिजाइन त्रुटिपूर्ण छ भन्ने थाहा पाएर पनि उच्च पदस्थ कर्मचारीले यसको निर्माण गर्ने स्वीकृति दिए। पानी परीक्षणकै क्रममा नहर भत्किँदा एकातिर राष्ट्रको अर्बौं रुपैयाँ गुम्ने अवस्थामा पुगेकोे छ भने अर्कोतिर दुई दर्जन कर्मचारी निलम्बनमा परेका छन्।