८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्धको उजुरी फिर्ता लिन महासंघको आग्रह

नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध गृह मन्त्रालयका तर्फबाट नेपाल प्रहरीमा दर्ता भएको साइबर क्राइमको उजुरी फिर्ता लिन आग्रह गरेको छ।

अख्तियारले जोख्यो जलहरी

पशुपतिनाथ मन्दिरको गर्भगृहमा तीन वर्षअगाडि राखिएको सुनको जलहरीमा अनियमितता भए/नभएको विषयमा छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले आइतबार मन्दिर पुगेर जलहरी नापजाँच गरेको छ। अख्तियारको टोलीले गर्भगृहबाट जलहरी निकालेर नापजाँच गरेको हो।

संसदीय सुनुवाइ समिति: उजुरी गर्ने व्यक्ति सहितको सुनुवाइ गर्न दबाब दिँदै छलफल अस्वीकार

संसदीय सुनुवाइको प्रक्रियामा प्रश्न उठिरहेका बेला केही उजुरीकर्ताहरूले उजुरी गर्ने व्यक्ति सहितको सुनुवाइ गर्न दबाब दिएका छन्।

बेपत्ता नगरप्रमुखविरुद्ध सात सय ६८ उजुरी

केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ। कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै व्यस्त छन्।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरीको चाङ

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध थुप्रै उजुरी परेका छन ।

मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी

सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका एक हजार नौ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलङ्गवा नगरपालिकाबाट परेका छन् भने सबैभन्दा कम बागमती नगरपालिकाबाट परेका छन्।

दलित आयोगमा ४२ उजुरी

चालु आर्थिक वर्षमा राष्ट्रिय दलित आयोगमा जातीय विभेद तथा हिंसाका ४२ वटा उजुरी परेको राष्ट्रिय दलित आयोगले जनाएको छ।

मधेस प्रदेशमा मिटरब्याजीविरुद्ध थुप्रै उजुरी

मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ।

जेठ २६ गतेभित्र प्रधानन्यायाधीशविरुद्ध उजुरी दिन आह्वान

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ।

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरूद्ध उजुरी दिन १० दिनको समय

मंगलबार सिंहदरबारमा बसेको सुनुवाइ समितिको पहिलो बैठकले कार्कीविरूद्ध १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशन गरी आह्वान गर्ने निर्णय गरेको हो।

हेटौँडामा मिटरब्याजीविरुद्ध साठी उजुरी

मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालय हेटौँडामा मिटरब्याजविरुद्ध ६० उजुरी परेका छन्। सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने आह्वान गरेपछि ६० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

आरजुको उजुरीमा दोहोरो अनुसन्धान, थापालाई छैन उन्मुक्ति

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेत्री आरजु राणा देउवा पनि संलग्न भएको अडियो सार्वजनिक भएपछि त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

निर्वाचन आयोगका पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबीसहित निर्वाचन आयोगका पदाधिकारीविरुद्ध बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

पीडितलाई न्याय

पीडितले न्याय पाउने प्रक्रिया टाढिँदै गयो भने स्वाभाविक रूपमा त्यसले समाजमा दण्डहीनता मात्र बढाउँदैन, खराब काम गर्नेले अझ प्रोत्साहित हुने मौका पाउँछ। सकेसम्म यस्ता घटना नहुने र भइहाले पनि सजिलै कानुनको दायरामा आउन सक्ने परिपाटी मुलुकमा विकास गर्नुपर्ने देखिएको छ।

काठमाडौंका मेयरदेखि सदस्य उम्मेदवारविरुद्ध उजुरी

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका चिरिबाबु महर्जनविरूद्ध उजुरी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्