१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अख्तियारले जोख्यो जलहरी

पशुपतिनाथ मन्दिरको गर्भगृहमा तीन वर्षअगाडि राखिएको सुनको जलहरीमा अनियमितता भए/नभएको विषयमा छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले आइतबार मन्दिर पुगेर जलहरी नापजाँच गरेको छ। अख्तियारको टोलीले गर्भगृहबाट जलहरी निकालेर नापजाँच गरेको हो।

नापजाँचका लागि गर्भगृहबाट टुक्राटुक्रा पारेर जलहरी बाहिर निकालिएको थियो। गर्भगृहबाट बाहिर निकाल्दा जलहरीलाई सेतो कपडामा बेरिएको थियो। मन्दिर परिसरमा राखेर जलहरीको नापजाँच गरिएको हो। जलहरी गर्भगृहबाट बाहिर निकाल्नुअघि पशुपतिका पुजारीले मन्दिरमा पूजा गरेका थिए।

नियमित सन्ध्याकालीन आरती सकिएलगत्तै साँझ ६ बजेदेखि अख्तियारको टोलीले जलहरीको नापजाँच गर्न सुरु गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। उनका अनुसार टोली आएपछि पशुपतिमा नियमित गरिने सन्ध्याकालीन आरती केही समयअगाडि सारिएको थियो। अख्तियारको टोली पुगेलगत्तै सर्वसाधारणलाई पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको थियो। अख्तियारको टोलीले शुक्रबार नै कोषलाई चिठी लेखेर जलहरीको तौल नाप्न आइतबार पशुपति आउन लागेको जानकारी गराएको थियो।

अख्तियारको टोलीले जलहरी नापजाँज गर्दा कोषका सदस्यसचिव मिलन थापा र कार्यकारी निर्देशक घनश्याम खतिवडालाई पनि बोलाएको थियो। पशुपति क्षेत्र विकास कोषका अन्य कर्मचारीलाई भने मन्दिर परिसमा जान निषेध गरिएको थियो।

पशुपतिनाथ मन्दिरको गर्भगृहमा तीन वर्षअगाडि राखिएको सुनको जलहरीमा अनियमितता भए/नभएको विषयमा छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले आइतबार मन्दिर पुगेर जलहरी नापजाँच गरेको छ।

अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिसमेत सहभागी थिए। कोषका प्रवक्ता अधिकारीका अनुसार सन्ध्याकालीन आरती सकिएलगत्तै अख्तियारको टोलीले जलहरीका विभिन्न लेयर (भाग) निकालेर नापजाँच गरेको हो। जलहरीमा लगाएको पेटी र रिङसमेत नापजाँच गरिएको अधिकारीले बताए। नाग आकारमा बनाइएको सुनको गुणस्तरको पनि नापजाँच गरिएको छ।

स्रोतका अनुसार अख्तियारको टोलीले जलहरीको तौल नाप्नुअघि सुनमा मिसावट भए/नभएको विषयमा परीक्षण गरेको थियो।

जलहरीको नापजाँचका लागि अख्यिारको निर्देशनमा कोषले शुक्रबार ६ वटा सिसिटिभी मेसिन जडान गरेको थियो। यसैगरी डिजिटल नापतौल मेसिन पनि खरिद गरिएको छ। जलहरी नापजाँच गर्नुअघि नापतौल विभागले नापतौल मेसिनको गुणस्तर परीक्षण गरेको थियो।

 विभागले मेसिनको गुणस्तर सही भएको प्रमाणित गरेपछि अख्तियार टोलीले जलहरी नापजाँच गरेको थियो। जलहरी नापजाँचको सुरक्षा र सहजीकरण नेपाली सेनाले गरिरहेको छ। स्रोतका अनुसार सिसिटिभी मेसिनको निगरानीमा अख्तियारको टोलीले नापजाँच गरेको हो।

 अख्तियारका प्रवक्ता भोला दाहालले अख्तियारको एउटा टोली पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीको नापजाँच गर्न आइतबार त्यहाँ गएको जानकारी दिँदै भने, ‘अनुसन्धान भइरहेको छ। सुन पुगे÷नपुगेको विषयमा अहिले भन्न मिल्दैन।’

जलहरीको नापजाँचका लागि अख्यिारको निर्देशनमा कोषले शुक्रबार ६ वटा सिसिटिभी मेसिन जडान गरेको थियो। यसैगरी डिजिटल नापतौल मेसिन पनि खरिद गरिएको छ। जलहरी नापजाँच गर्नुअघि नापतौल विभागले नापतौल मेसिनको गुणस्तर परीक्षण गरेको थियो।

सुनको जलहरीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले नापजाँच गरेको हो। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा जलहरीमा अनियमितता भएको उल्लेख छ। यो विषय अख्तियारमा पुगेपछि उसले छानबिन थालेको हो। ‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरिएको छ। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ प्रतिवेदनमा लेखिएको छ।

प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ रूपैयाँ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरिएको छैन।’

कोषका पदाधिकारीले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १०८ किलोग्राम सुन प्रयोग भएको जनाएका छन्। तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग गरी बाँकी गायब बनाएको आरोप कोषका पदाधिकारीमाथि लागेको छ।

२०७७ फागुन ११ गते साँझ ५ बजे पशुपतिको शिवलिंगमा जलहरी लगाउने काम सकिएको जनाइएको थियो। त्यसैदिन राति ८ बजे मुचुल्का तयार गरियो। मुचुल्कामा जलहरीमा ९७ केजी मात्र सुन खपत भएको र बाँकी ११ केजी सुनको रिङ बनाइएको जनाइयो।

अख्तियारका प्रवक्ता भोला दाहालले अख्तियारको एउटा टोली पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीको नापजाँच गर्न आइतबार त्यहाँ गएको जानकारी दिँदै भने, ‘अनुसन्धान भइरहेको छ। सुन पुगे/नपुगेको विषयमा अहिले भन्न मिल्दैन।’

शिवलिंगमा जलहरी लगाउने काम पुरा भएको भनिएको तीन घन्टामै ११ केजी सुनको रिङ कसरी तयार गरियो भन्ने प्रश्न उठेको छ। कोष स्रोतका अनुसार ३ घन्टामै ११ केजी सुनको रिङ बन्यो भन्ने दाबी पत्याउन सकिने आधार छैन। २०७७ फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरीको उद्घाटन गरेकी थिइन्। त्यस अवसरमा १०८ केजी सुनको जलहरी बनाइएको घोषणा गरिएको थियो। उद्घाटन कार्यक्रम पनि एकाएक तय गरिएको थियो। २०७७ फागुन ११ गते साँझ कोषका केही कर्मचारीले उद्घाटन कार्यक्रम तय गरेको स्रोतको दाबी छ। २०७७ माघ १२ गते मन्दिरको दर्शन गर्न गएका बेला तत्कालीन प्रधानमन्त्री केपी ओलीले पशुपतिको शिवलिंगमा १ अर्ब रूपैयाँबराबरको सुनको जलहरी लगाउने घोषणा गरेका थिए। त्यसपछि शिवलिंंगमा सुनको जलहरी लगाउने निर्णय कोषका पदाधिकारीले गरेका थिए।

पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को २०७७ माघ १४ गते बसेको बैठकले सुनको जलहरी निर्माणका लागि आवश्यक ज्याला दातामार्फत सोझै कालीगढलाई भुक्तानी गर्ने व्यवस्था मिलाएको थियो। महालेखाको रिपोर्टमा लेखिएको छ, ‘सुनको खरिद कार्य रू. ८० करोड ११ हजारमा भएको देखिन्छ। सो जलहरी निर्माण कार्यका लागि दाताबाट बेहोरेको रकमको हिसाब लेखांकन गरिएको छैन। पाटन औद्योगिक क्षेत्रको एक रोलिङ मिल्समार्फत उक्त निर्माण कार्य गराएकोमा मिल्ससँग भएको सम्झौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण पनि पेस गरिएको छैन।’

प्रकाशित: ११ असार २०८० ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App