१२ मंसिर २०८१ बुधबार
image/svg+xml

वाम गठबन्धन काँग्रेस-राजपाप्रति अाक्रमक, फोरमसँग नरम

नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनले नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालप्रति आक्रामक तथा संघीय समाजवादी फोरम नेपाल र अन्य साना वाम दलप्रति   नरम नीति अख्तियार गर्ने भएको छ।  वाम गठबन्धनले तयार पारेको संयुक्त चुनावी घोषणापत्रमा कांग्रेस पुँजीपतिवर्गको पार्टी भएको निष्कर्ष निकाल्दै उसले संविधान कार्यान्वयन गर्न नसक्ने र कांग्रेसजस्तै राजपा पनि राष्ट्रिय स्वाधीनताको सबालमा भरोसायोग्य पार्टी नभएको उल्लेख छ।

माओवादी केन्द्रीय सदस्य यादव राजपा प्रवेश

माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्देश्वर राय यादव राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन्। उनी जनयुद्धको समयमा माओवादीले गठन गरेको रौतहटको जनसरकार प्रमुख समेत थिए।

यी हुन् राजपाबाट चुनाव लड्ने शीर्ष ३० नेता

लोकतान्त्रिक गठबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम, नेपालसँग चुनावी तालमेल गर्ने घोषण गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिनधिसभा (संघीय संसद्) चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तयार पारेको छ ।

फोरम-राजपा तालमेलले मधेसमा उत्साह, आधार क्षेत्र प्रस्ट नहुँदा अलमल

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच साझा उम्मेदवारी दिने सहमति भएपछि समाजवादी फोरमका केन्द्रीय सदस्य राजकुमार गुप्ताले आफ्नो फेसबुक वालमा लेखे, ‘आजको दिन मधेसका लागि ऐतिहासिक ।’ उनी पार्टीबाट सिरहा निर्वाचन क्षेत्र नं. १ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

राजपाले तरंगित राजनीति

राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्र पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र नं. २ बाट सूर्य चिह्नमा चुनावी मैदानमा उत्रिने निर्णयमा पुगे । तीनजना बहालवाला सांसदलाई सिफारिस सूचीमा नपारेको एमाले बाँकेले मिश्रलाई भने एकल उम्मेदवारको रुपमा अघि सारेको छ ।

समाजवादी फोरम र राजपाबीच चुनावी तालमेल

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच तालमेल हुने भएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच गठबन्धन भएको तेस्रो दिन ती दुई मधेस केन्द्रित दलबीच चुनावी सहकार्यका लागि सहमति भएको हो ।

राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग

राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गरेका छन्।  विराटनगरमा शुक्रबारपत्रकार सम्मेलन गरी उनले पार्टीको साधारण सदस्य नरहने गरी आफूले पार्टी परित्याग गरेको जानकारी दिए।

राजपा र संघीय समाजवादीबीच चुनावमा तालमेल गर्ने सहमति

प्रादेशिक र केन्द्रीय निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले संयुक्त उम्मेद्वारी दिने भएको छ।  शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै दुई पार्टीले आपसी समझदारीका आधारमा दुवै पार्टीले संयुक्त भई साझा  उम्मेद्वारको रुपमा चुनावमा भाग लिने जनाएको हो।

हृदयश त्रिपाठीसहित राजपाका पाँच नेताद्वारा पार्टी परित्याग, सूर्य चिह्न लिएर चुनाव लड्ने

राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयश त्रिपाठीसहित पाँच नेताले पार्टी परित्याग गरेका छन्। उनीहरुले स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेसँग समन्वय गरी सूर्य चिन्ह लिएर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने भएका छन्।

राजविराजमा राजपा विजयी

सप्तरीको राजविराज नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विजय भएको छ । राजपा नेपालका प्रमुखका उम्मेदवार शम्भु यादव चार हजार ७ सय ७४ मत प्राप्त गरी विजयी भएका छन्।

संसदीय चुनावमा अन्य पार्टीसँग तालमेल गर्ने राजपाको निर्णय

दुई नम्बर प्रदेशको स्थानीय चुनावलगत्तै तीन मधेस केन्द्रित दल आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिधि सभा चुनावको तयारीमा जुटेका छन् ।

जनकपुर उपमहानगरपालिकामा दश हजार मतान्तरसहित राजपा विजयी

धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपा नेपालका लालकिशोर शाह दश हजार मतान्तरसहित विजयी भएका छन् । उनले २१ हजार ९ सय तीन मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोजकुमार शाहले ११ हजार १ सय ६४ मत प्राप्त गरे ।

मनरासिस्वामा राजपा विजयी

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा राजपा नेपालले विजय हासिल गरेको छ।  निर्वाचन अधिकृत यामबहादुर बानियाँका अनुसार नगरपालिका प्रमुखमा राजपाका सञ्जयकुमार सिंह र उपप्रमुखमा सोही दलकी रमिता प्रधान विजयी भएका छन्।

सात स्थानीय तह जित्दै राजपा बन्यो महोत्तरीमा ठूलो दल

महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिकासहित १५ स्थानीय निकायको मतगणना कार्य सम्पन्न भएको छ। पिपरा गाउँपालिका र मनरासिस्वा नगरपालिकामा बाँकी रहेको मतगणना परिणामा आइतबार बिहान सम्पन्न भएपछि जिल्लाको १५ वटै स्थानीय निकायको मतगणना कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत किरण पोख्रेलले बताएका छन्।

राजपा र संघीय फोरम सन्तोषजक, फोरम लोकतान्त्रिकमा निराशा

स्थानीयत तहको दुई नम्बर प्रदेशको चुनावको प्रारम्भिक परिणामलाई राजपा र संघीय फोरमले सन्तोषजनक मानेका छन् भने फोरम लोकतान्त्रिक चुनावी नतिजबाट निराश भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्