१२ मंसिर २०८१ बुधबार
image/svg+xml

शीर्ष तीन नेताको जिल्लामा राजपा कमजोर

स्थानीय तह निर्वाचनका घोषित परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) का तीन शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा पार्टीको अवस्था दयनीय देखिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरू राजेन्द्र महतो र महेन्द्रप्रसाद यादवको गृहजिल्ला हो सर्लाही ।

भंगहा र एकडरामा राजपा विजयी

महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ।  मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह चार हजार ४७८ मत ल्याएर विजयी भएका छन्। त्यस्तै उपप्रमुखमा सोही दलकी गंगाकुमारी सिंह दनुवार चार हजार ३९६ मत ल्याएर विजयी भएका छन्।

जलेश्वरमा राजपा विजयी, भ्रष्टाचारमुक्त नगर बनाउने मेयरको घोषणा

मधेस आन्दोलनको थलोकोरुपमा रहेको महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन्। राजपा नेपालका रामशंकर मिश्र ५ हजार १ सय ८० मत ल्याएर मेयरमा र राजपा नेपालका मुन्चुन देवी ४ हजार ५ सय ६६ मत ल्याएर उपमेयरमा विजयी भएका हुन्।

सप्तरीमा काँग्रेस र राजपाबीच चर्को प्रतिस्पर्धा

सप्तरीका सात स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार नेपाली काँग्रेस तीन, राष्ट्रिय जनता पार्टी नेपाल दुई, नेकपा एमाले एक, संघीय समाजवादी फोरम नेपाल एक तहमा विजयी भएका छन्।

बलरा नगरपालिकामा राजपाका अभय विजयी

सर्लाही स्थित बलरा नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी नेपालका अभय सिंह विजयी भएका छन् । उपमेयरमा पनि सोही पार्टीकी रामसखी देवी कुशवाहा विजयी भएकी छिन् ।

मटिहानीको मेयरमा राजपाका मण्डल विजयी

महोत्तरीको मटिहानी नगरपालिकामा राजपाका उम्मेदवार हरिप्रसाद मण्डल मेयरमा विजयी भएका छन्। त्यति धेरै पुरानो राजनीतिक पृष्ठभूमिका व्यक्तित्व नभए पनि आफ्नो नगरका प्रमुख राजनितीक दलका दिग्गज उम्मेदवारलाई समेत पछाडी पार्दै उनी मटिहानी नगरपालिकाको मेयर हुन सफल भएका हुन।

महोत्तरी गाउँपालिकामा राजपाको प्यानलै विजयी

महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिका मध्ये महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले पहिलो खाता खोलेका छन्।

मधेसमा राजपाले खाता खोल्यो, हंसपुरको मेयर-उपमेयरमा विजयी

धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार क्रमशः रामज्ञान मण्डल र रेणुदेवी झा विजयी भएका छन्। मेयरमा मण्डलले ३ हजार ३ सय २० र उपमेयरमा झाले ३ हजार २ सय ७६ मत प्राप्त गरेका छन्। मण्डलका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ र उपमेयर झाकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकै रामकुमारी कामतले ३ हजार २७ मत पाएकी छन्।

माधव नेपालको गृह वडामा राजपाको जीत

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको वडामा राजपाको जितेको छ। नेपालको गृह नगर गौरको वार्ड नम्बर २ मा राजपा नेपालको तर्फबाट उम्मेदवार बनेका राकेशकुमार झाले जित हासिल गरेका हुन्।

सप्तरीका दुई वडामा राजपाको प्यानलै विजयी

सप्तरीको राजविराज नगरपालिकाबाहेक १७ वटा स्थानीय तहमा मतगणनाको कार्य आज पनि जारी रहेको छ।  पछिल्लो पटक जिल्ला निर्वाचन कार्यलयले बुधबार दिएको मतगणनाको परिणामअनुसार सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वडाध्यक्ष युवा उम्मेदवार सन्तोष यादव (गोइत) को प्यानलै विजयी भएको छ।

राजपा घोषणापत्र : कांग्रेस र एमालेप्रति लचक

‘माओवादी लोकतान्त्रिक प्रणालीमा विश्वास नराख्ने पार्टी हो । शक्तिको भरमा राज्यसत्ता कब्जा गर्ने नीतिबाट पार्टी सञ्चालित छ । अधिनायकवाद र सर्वसत्तावादमा विश्वास गर्ने हुनाले यस पार्टीको मूल चरित्र संघीयताविरोधी हो ।

फोरम र राजपाभित्रको अन्तरकलह सडकमा

तेस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा बुधबार उम्मेदवारी दर्ता हुँदैछ । सप्तरीका १८ वटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् ।

राजपाले टिकट नदिएपछि फोरम लोकतान्त्रिकबाट चुनाव लड्दै श्रीवास्तव

राष्ट्रिय जनता पार्टीले वीरगन्ज महानगरपालिकाको मेयरमा  राजेशमान सिंह (श्रेष्ठ) लाई उम्मेदवार बनाएपछि पुराना नेता विमलप्रसाद श्रीवास्तवले सो पार्टी छाडेर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयर पदका लागि चुनाव लड्ने भएका छन् ।

पर्सामा राजपा फुट्यो

वीरगन्ज महानगरपालिकाको मेयरमा टिकटको राष्ट्रिय जनता पार्टीमा चलेको लामो रस्साकस्सीको अन्त गर्दै सो पार्टीले महामन्त्री तथा युवा नेता राजेसमान सिंह (श्रेष्ठ)लाई दिने भएको छ। मेयर आकांक्षी राजपा माहामन्त्री बिमल प्रसाद श्रीवास्तवले पार्टीबाट अलग हुँदै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट चुनाव लड्ने भएका छन्। अरु पार्टीबाट भए पनि मेयर मै चुनाव लड्ने तयारीमा उनले दिउँसो सुरु गरेको वार्ता साझसम्ममा लोकतान्त्रिकसँगको सहमतिपछि टुंगिँदा राजपा पर्सामा स्पष्ट विभाजन देखिएको हो

राजपाले टुंग्यायो उम्मेदवारको नाम (सूची सहित)

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको टुंगो लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्