१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राजपाले बारा र रौतहटमा टुंगो लगायो

राष्ट्रिय जनता पार्टी नेपालले सोमबार बारा र रौतहटमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको अध्यक्ष मण्डलको सोमबारको बैठकले ती जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो । अध्यक्ष मण्डलका सदस्यहरूले टुंगो लगाइएको उम्मेदवारको नाम भने गोप्य राखेका छन् ।

उम्मेदवार छान्न राजपालाई सकस

थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्नेे विषयमा राजपा नेपालभित्र कचिंगल सुरू भएको छ । उच्चस्तरीय समितिले शनिबार पनि उम्मेदवारको टुंगो लगाउन सकेन । पार्टी अध्यक्षमण्डलले उम्मेदवार छनोट गर्नका लागि शुक्रबारसम्म केन्द्रमा प्रतिवेदन बुझाउने गरी करिब एक साताअघि दुई नम्बर प्रदेशका ८ वटा जिल्लामा ६ ÷६ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

राजपालाई चुनाब जितेर देखाउन माधव नेपालको चुनाैती

चुनावी अभियानका क्रममा जनकपुर आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । प्रदेश नम्बर २ का बारा, पर्सा र रौतहट जिल्लामा चुनावी कार्यक्रम सिध्याएर जनकपुर युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका नेपाललाई पिडारी चोकस्थित कार्यक्रमस्थल रहेको पार्टी प्यालेस जाने क्रममा राजपा कार्यकर्ताले अवरोध गरेका हुन्।

नेपालको कार्यक्रममा राजपाको अवरोध

चुनावी अभियानका क्रममा जनकपुर आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् ।

जनकपुर झडपमा राजपाका ४७ कार्यकर्ता घाइते

एमालेको अगुवा कार्यकर्ता भेलालाई बिथोल्ने प्रयास गर्दा राष्ट्रिय जनता पार्टी नेपालका ४७ कार्यकर्ता घाइते भएका छन्। राजपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सो घटनामा केन्द्रीय प्रवक्ता लालकिशोर साह, केन्द्रीय सदस्य तथा धनुष जिल्ला अध्यक्ष परमेश्वर साह घाइते भएको उल्लेख गरेका छन्। केन्द्रीय सदस्यहरु सरिता चौधरी, बिन्दू ठाकुर, विभा पाण्डे, अमर पंजियार, ज्ञानेन्द्र झा, रिता झासहित ४७ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ।

राजपाद्वारा एमालेको चुनाबी भेला बिथोल्ने प्रयास

राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले जनकपुरमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको चुनाब लक्ष्यित कार्यकर्ता भेला बिथोल्ने प्रयास गरेका छन्। प्रदेश नं. २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले जनकपुरमा अगुवा कार्यकर्ता भेला राखेको थियो।

राजपामा उम्मेदवार चयन गर्न उच्चस्तरीय समिति

दुई नम्बर प्रदेशका एक सय ३६ स्थानीय तहमा उम्मेदवार बन्न शीर्ष तहका नेताहरूले आकांक्षी छन्। एउटा तहमा र पदमा चारजनासम्म पदाधिकारीले आकांक्षा राखेका छन्।

वीरगञ्जमा राजपाका दुई समूहबीच झडप

स्थानीय चुनावमा जाने राष्ट्रिय जनता पार्टीले घोषणा गरेको दोस्रो दिन वीरगञ्जमा मेयरका आकांक्षी दुई नेताका समूहबीच झडप भएको छ । वीरगञ्ज महानगरपालिका लगायत विभिन्न स्थानीय तहका उम्मेदवार छनोटको लागि स्थानीय कुमुप्यालेस होटेलमा आयोजित छलफल कार्यक्रमका पर्यवेक्षक अगाडि नै शुक्रबार झडप भएको हो । झडपपछि छलफल बिथोलिएको थियो भने दुबै पक्षका कायकर्ताहरूले नाराबाजी सुरु गरे।

चुनावमा जाने राजपाको औपचारिक निर्णय

राष्ट्रिय जनता पार्टी आगामी असोज २ मा हुने तेस्रो चरणको चुनावमा सहभागी हुने भएको छ । विहीबार पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्यले चुनावमा जाने औपचारिक निर्णय सार्वजनिक गरेका हुन्।

राजपा चुनावमा जाने

राष्ट्रिय जनता पार्टी आगामी असोज २ मा हुने तेस्रो चरणाको चुनावमा सहभागी हुने भएको छ। राजपा पदाधिकारी बैठकले पार्टी चुनावमा जाने अनौपचारिक निर्णय गरेको पार्टीसम्बद्ध नेताले बताएका छन्। बिहीबार राजपा अध्यक्ष मण्डलका सदस्यले औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी भएको राजपा पदाधिकारीले बताएका छन्।

राजपालाई सान्त्वना पुरस्कार

सार्वजनिक खपतका लागि नै सही प्रधानमन्त्री देउवाले भन्दै आएका थिए, राजपासँग कांग्रेस–माओवादी केन्द्रले गरेको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन प्रमुख मुद्दा हो । त्यो प्रमुख मुद्दा नै संसद्बाट परास्त भएपछि सरकारसामु नैतिकताको प्रश्न खडा हुनु स्वाभाविकै हो ।

राजपा चुनावमा जाने संकेत

संसद्बाट संविधान संशोधन विधेयक फेल भए पनि राजपाले स्थानीय तहको तेस्रो चरणको चुनावमा जाने संकेत गरेको छ। चुनावमा जाने या नजाने बारेमा औपचारिक निर्णय मंगलबार बस्ने राजपा पदाधिकारी बैठकले गर्नेछ। राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले मंगलबार बस्ने पदाधिकारी बैठकले चुनावमा जाने निर्णय गर्ने बताए।

राजपाको कार्यदिशा

राजपा नेपालसँग मधेसी एकता र आन्दोलनको 'गुडविल' छ। मधेस आन्दोलनका आधा दर्जन जति माग सम्बोधन गराएको 'लिगेसी' छ। सडकमा अलपत्र रहेको मधेस आन्दोलनलाई जोगाएको 'क्रेडिट' छ। जसको नेतृत्वमा सामूहिकता र पारदर्शिता पनि छ।

राजपाका अधिकांश माग पूरा गर्दै सरकार

दुई नम्बर प्रदेशमा स्थानीय निर्वाचनमा सहभागी हुन राजपाले राखेका मागमध्ये सरकारले अधिकांश माग पूरा गरेको छ भने बाँकी माग पनि पूरा गर्ने प्रक्रियामा लागेको छ। राजपाले राखेका प्रमुख मागमध्ये संविधान संशोधन प्रस्ताव सरकारले छिटै मतदान प्रक्रियामा लैजाँदैछ।

राजपामा चुनाव चिह्न विवाद

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपालभित्र कचिङल सुरु भएको छ। निर्वाचन आयोगले छाता  चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाहिँ चिह्न प्रयोग गर्ने विषयमा राजपा नेताहरूकाबीच विवाद देखिएको हो। आयोगले राजपा गठन हुनुअघिका ६ दलमध्ये कुनै एकका चिह्न दिन सकिने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्