१२ मंसिर २०८१ बुधबार
image/svg+xml

चुनावमा जान राजपा सहमत, संविधान संशोधन विधेयक भोटिङमा लैजाने

राष्ट्रिय जनता पार्टी नेपाल स्थानीय तहको निर्वाचनमा जान सहमत भएको छ। पार्टीभित्रै चुनावमा जाने नजाने अन्तरद्वन्द्व भइरहेका बेला शुक्रबार सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीबीच भएको बैठकमा राजपाका शीर्ष नेताहरु चुनावमा जान सहमत भएका हुन्।

राजपाको अडान यथावत्

केन्द्रीय सदस्यहरूको दबाबका कारण राजपाका अध्यक्ष मण्डलका सदस्यहरू केन्द्रीय समितिको बैठकबाट नयाँ निर्णय लिन असफल भएका छन् । बैठकमा करिब ८ सय सदस्यको दबाबका कारण उनीहरूले पहिलेको  निर्णयमा फेरबदल गर्न नसकेका हुन् ।

संविधान संशोधनबिना राजपा चुनावमा नजाने

बैठकमा हृदयेश त्रिपाठीले चुनावमा नगए पार्टी समाप्त हुने धारणा राखेका थिए भने राजेन्द्र महतो र अनिल झाले यथास्थितिमा चुनावमा जान नसकिने बताएका थिए।

राजपा केन्द्रीय समितिमा चुनावी अजेन्डा

राष्ट्रिय जनता पार्टी, नेपालको केन्द्रीय समिति बैठक आइतबार काठमाडौंमा सुरू भएको छ। बैठकमा असोजमा प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा पार्टी सहभागी हुने या नहुने अजेन्डामा छलफल सुरु भएको छ। बैठकामा बोल्ने केही नेताले संविधान संशोधन नभए पनि पार्टी चुनावमा जानुपर्ने बताएका छन् भने केही नेताले संशोधनबिना चुनावमा जान नसकिने अडान राखेका छन्।

राजपा रुपन्देही फुटको संघारमा

राजपा रुपन्देही फुटको संघारमा पुगेको छ । पार्टीको निर्वाचन बहिष्कार रणनीतिलाइ लत्याउदै केन्द्रीय नेताले नै आफ्ना मान्छेलाई चुनावमा भाग लिन लगाएको बिषयमा उत्पन्न विवाद अहिले उत्कर्षमा पुगेको हो । गत असार १४ गते सम्पन्न स्थानीय निर्वाचनमा पार्टीका केन्द्रीय नेता सवेन्द्रनाथ शुक्लाले आफ्ना मान्छेलाई चुनावमा पठाएको भन्दै उत्पन्न विवादले राजपा रुपन्देहीलाई फुटको  संघारमा उभ्याएको हो ।

राजपा पदाधिकारीको सुझाव : 'चुनावमा नगए पार्टी सिद्धिन्छ'

राजपाका अधिकांश पदाधिकारीले आगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन पार्टी नेतृत्वलाई दबाब दिएका छन्।

चुनावमा जाने विषयमा राजपा नेता विभाजित

अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभए पार्टी चुनावमा जान नहुने अडानमा छन् भने महेन्द्र यादव र शरत्सिंह भण्डारी सरकारबाट सहिद घोषणा, मुद्दा फिर्ता, बन्दी रिहा र अपांगता भएकाको भरणपोषणको व्यवस्था भए चुनावमा जाने पक्षमा।

राजपा नेपालको केन्द्रिय समिति बैठक बस्दै

निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि राष्ट्रिय जनता पार्टीको पहिलो केन्द्रीय समिति बैठक आगामी साउन २१ गतेदेखि बस्ने भएको छ।

राजपा जनताबाट डरायो : नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राजपा जनतासँत डराएर चुनावमा जान नचाहेको बताएका छन्। गृह जिल्ला रौतहटको सदरमुकाम गौरस्थित निवासमा पत्रकारसँग कुरा गर्दै उनले अनेक बखेडा झिकेर राजपा अझैपनि चुनावबाट भाग्ने दाउँमा रहेको बताए।

राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची

राष्ट्रिय जनता पार्टी नेपालले सहिद घोषणा गर्न छुटेको भन्दै १२ जनाको नाम सरकारलाई बुझाएको छ। यसैगरी मधेस आन्दोलनका क्रममा लगाइएका ६ सय ८२ जनाको मुद्दा फिर्ता लिन पनि राजपाले सरकारसँग माग गरेको छ।

राजपा झनै कठोर

राजपाले असार १४ मा हुने प्रदेश नं. १, ५ र ७ को स्थानीय तह निर्वाचनमा पनि भाग नलिने र असोज २ लाई पनि अस्वीकार गर्ने निर्णय गरेको छ।

राजपाले आन्दोलनका कार्यक्रम यथावत राख्ने

राष्ट्रिय जनता पार्टीले माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने बताउँदै आन्दोलनका कार्यक्रम यथावत राख्ने जनाएको छ।

राजपा शीर्ष नेता नै विरोधमा

राष्ट्रिय जनता पार्टी नेपालका नेताले प्रदेश २ मा मात्र चुना स्थगित गर्ने सरकारको निर्णय आफूहरूलाई मान्य नभएको बाएका छन्। राजपा अध्यक्ष मण्डलका सदस्यत्रय राजेन्› महतो, राजकिशोर यादव र अनिल झाले सरकारको निर्णय अस्वीकार्य भएको बताउँदै यसबारे छिटै पार्टीले धारणा सार्वजनिक गर्ने जनाएका छन्।

स्थानीय तहको संख्या थप्ने सहमति, स्वतन्त्र हैसियतमा चुनाव लड्दै राजपा

सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निर्वाचनअघि नै स्थानीय तहको संख्या थप गर्ने भएकोे छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा निर्वाचनमा सहभागी हुन राजपाले स्थानीय तहको संख्या थपलाई सर्त बनाएपछि सत्ता साझेदार दल त्यसका लागि तयार भएका हुन्।

सरकारी निर्णय राजपालाई अमान्य

दुई नम्बर प्रदेशको चुनाव असोज २ मा गर्ने सरकारी निर्णयलाई राजपाले नै अस्वीकार गरेको छ। राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा मनाउन सरकारले मिति सारेको हो। राजपाले २ नम्बर प्रदेशमा मात्र नभई ५ नम्बर प्रदेशमा  पनि  असोज २ मा चुनाव हुनुपर्ने माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्