१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सरकारको निर्णय राजपालाई अस्वीकार्य, अब १ र ५ नं.को चुनाब बिथोल्न केन्द्रित हुने

राष्ट्रिय जनता पार्टी नेपालले दुई नम्बर प्रदेशमा चुनाब स्थगित गर्ने सरकारको निर्णय आफूहरुलाई अस्वीकार्य रहेको बताएको छ। राजपा अध्यक्ष मण्डलका तीन नेताहरु राजेन्द्र महतो, राजकिशोर यादब र अनिल झाले सरकारको निर्णय अस्वीकार्य भएको यसबारे छिटै पार्टीले धारणा सार्वजनिक गर्ने जनाएका हुन्।

राजपा चुनाबमा जाने/नजाने अनिश्चित, सरकारसँग छैन लिखित सम्झौता

सरकारले राजपाको माग देखाएर दुई नम्बर प्रदेशमा चुनाब सार्ने निर्णय गरे पनि असार १४ मा हुने १, ५ र ७ नम्बर प्रदेशमा सो पार्टी सहभागी हुने/नहुने निश्चित छैन। राजपा नेताहरु यसबारेमा स्पष्ट भइ नसकेको बताउँछन्।

सरकार र राजपाका शीर्ष नेताहरुबीच सिंहदरवारमा बैठक जारी

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का शीर्ष नेताहरु बैठक सुरु भएको छ। सिंहदरवारमा सुभएको बैठकमा स्थानीय तह दोस्रो तहको निर्वाचन केन्द्रीत हुनेछ। सरकारले राजपालाई निर्वाचनमा सहभागी गराउने भनेपछि बिना संविधान संशोधन निर्वाचनमा कुनै हालतमा भाग नलिने अडान राजपा नेताहरुको छ।

राजपा टसको मस भएन, बैठक निष्कर्षबिहीन

दोस्रो चरणको निर्वाचन बिथोल्ने निर्णयसहित राजपा चुनाबमा सहभागी नहुने भएपछि सहमति खोज्न बसेको तीन मुख्य दल र राजपाका नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। चुनाबमा सहभागी हुन संविधान संशोधनको माग पूरा गर्नुपर्ने पूर्वसर्त राख्दै आएको राजपा अडानमा टसको मस नभएपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो।

प्रमुख तीनदलसँग राजपाको बैठक जारी

दोश्रो चरणको निर्वाचन बिथोल्न राजपा नेपालले गरेको बन्दले तराईको जनजीवन प्रभावित भइरहँदा तीन दल भने समहमति जुटाउन सिंहदरबारमा राजपासँग बैठकमा छ ।

‘राजपालाई निर्वाचनमा सहभागी गराउने प्रयास जारी छ’

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने प्रयास जारी रहेको बताएका छन्।

गाडी तोडफोड गर्ने राजपा नेता पक्राउ

राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै भरतीय नम्बर प्लेट भएको जिप तोडफोड गर्ने राजपा नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राजपा राजी किन हुँदैन ?

प्रधानमन्त्री देउवाले चाहेर पनि अब राष्ट्रिय जनता पार्टीको संविधान संशोधनसम्बन्धी माग दोस्रो चरणको स्थानीय निर्वाचनअघि पूरा हुनै नसक्ने स्पष्ट छ।

राजपा निर्वाचनमा आए संशोधन

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तह निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता गरे प्रमुख दलहरू चुनावपछि संविधान संशोधनमा लिखित प्रतिबद्धता जनाउन लचिलो देखिएका छन् ।

वीरगन्ज माहानगरमा तीन दलले उम्मेदवार छाने, राजपा सडकमा

देशको आर्थिक तथा ब्यपारिक राजधानीको रुपमा चिनिने र पछिल्लो मधेस आन्दोलनले चर्चा पाएको सीमावर्ती माहानगर वीरगन्जमा आसन्न दोस्रा चरणको स्थानीय तह निर्वाचनका लागि तीन दलले उम्मेदवार चयन गरिसकेका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले मेयरको उम्मेदवार लगभग टुँग्याइसकेका हुन्।

राजपाको बन्दले जनजीवन प्रभावित

थानीय तहको दोश्रो चरण निर्वाचन अगाडि संविधान संशोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले आव्हान गरेको बन्दले जनजीवन कष्टकर बनेको छ।

राजपा कार्यकर्ताद्वारा एमाले सांसद साहको गाडीमा तोडफोड

नेकपा एमालेका सांसद दीपनारायण साह चढेको गाडीमा राजपाका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी तोडफोड गरेका छन्।

कांग्रेसका मेयर उम्मेदवारको गाडीमा राजपा कार्यकर्ताले ढुंगा हाने

राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताले कांग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडीमा ढुंगा हानेका छन्। कनोडियालाई लिन उनको निवासतर्फ जाँदै गरेको बेला बिहान ८:१० बजे बा१४छ १३४७ नम्बरको गाडीमा ढुंगा हानिएको जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार गाडीको सिसा फुटेको छ।

राजपाको निषेध राजनीति

राजपाले निर्वाचन बिथोल्ने भनी अहिले जुन नीति लिएको छ, त्यो अविलम्ब सच्याउन आवश्यक छ। लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई निर्वाचनमा भाग नलिने अधिकार रहन्छ तर अरूलाई पनि सहभागी हुन नदिने निषेधको राजनीति भने गर्न पाइँदैन।

चुनावी तयारीमा अवरोध गर्दै राजपा

आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगावै संविधान संसोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ताले सोमबार पर्सामा चुनावी कार्यक्रम बिथोलेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्