९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकार र राजपाका शीर्ष नेताहरुबीच सिंहदरवारमा बैठक जारी

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का शीर्ष नेताहरु बैठक सुरु भएको छ। सिंहदरवारमा सुभएको बैठकमा स्थानीय तह दोस्रो तहको निर्वाचन केन्द्रीत हुनेछ। सरकारले राजपालाई निर्वाचनमा सहभागी गराउने भनेपछि बिना संविधान संशोधन निर्वाचनमा कुनै हालतमा भाग नलिने अडान राजपा नेताहरुको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार डाकेको छलफल पनि बिना निष्कर्ष टुंगिएको थियो। निर्वाचन सार्नेबारे प्रधानमन्त्रीले निर्वाचन आयोगसँग छलफल गरेरमात्र निर्णय दिनेपछि बुधबारको बैठक सहमतिमा पुग्न नसकेको हो।

यता निर्वाचन आयोगले भने असार १४ गते तोकिएको मिति कुनै हालतमा सार्न नहुने जनाएको छ। सरकारको प्रस्ताव आयोगले अस्वीकार गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए।

आयोगले चुनाब सारे 'पोलिटिकल इलेक्ट्रोरल डिजाइस्टर' हुने बताएको नेता पौडेलले जानकारी दिए।

राजपा नेताहरूले बुधबार साँझ बोलाएको प्रमुख दलको बैठकमा संविधान संशोधन र स्थानीय तहको संख्या थप नभएसम्म निर्वाचनमा सहभागी नहुने स्पष्ट पारेका थिए।

बैठकमा प्रधानमन्त्री देउवासहित मा‌‌‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, जनर्द्धन शर्मा, कांग्रेस नेता विमलेन्द्र निधि, कृष्ण सिटौला र राजपबाट महन्थ ठाकुर, सरदसिंह भण्डारी र महेन्द्र राय यादव छन्।

आयोगको तालिकाअनुसार दोस्रो तहको निर्वाचनका लागि १, २, ५ र ७ प्रदेशमा भोलि (शुक्रबार) उम्मेदवारी दिने मिति रहेको छ। 

 

प्रकाशित: १ असार २०७४ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App