लहान- राष्ट्रिय जनता पार्टी नेपालका नेताले प्रदेश २ मा मात्र चुना स्थगित गर्ने सरकारको निर्णय आफूहरूलाई मान्य नभएको बाएका छन्। राजपा अध्यक्ष मण्डलका सदस्यत्रय राजेन्› महतो, राजकिशोर यादव र अनिल झाले सरकारको निर्णय अस्वीकार्य भएको बताउँदै यसबारे छिटै पार्टीले धारणा सार्वजनिक गर्ने जनाएका छन्।
‘हामीले मधेसभरि चुनाप स्थगित गरी संविधान संशोधन गर्न माग गरेका थियौं। मधेस प्रदेश २ मात्र त होइन। अब हाम्रो सम्पूर्ण शक्ति झापा, मोरङ, सुनसरी र पाँच नम्बर प्रदेशको चुनाव बिथोल्न केन्द्रित हुनेछ', महतोले भने।
यी तीनै नेता बिहीबार रौतहट र सर्लाहीमा रहेका बेला काठमाडौंमा सत्तासीन कांग्रेस–माओवादी गठबन्धनका नेतासँग राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, सदस्यद्वय महेन्द्र राय यादव र शरतसिंह भण्डारी सम्मिलित बैठकले अहिले प्रदेश २ मा चुनाव स्थगित गरी असोजमा गर्ने समझदारी गरेको थियो।
‘प्रदेश २ को निर्वाचन सार्र्न मात्र हामीले आन्दोलन गरेका होइनौं', महतोले नागरिकसँग भने, ‘हामीले संविधानमा संशोधन चाहेका हौं। हाम्रो माग ओझेलमा पार्न सरकारले चुनाव पछाडि धकेलेको हो। यो हामीलाई मान्य छैन।'
उनले पार्टीको बैठक बसेर औपचारिक रुपमै सरकारी निर्णयको विरोध गर्ने बताए। ‘राजकिशोरजी, अनिलजी र म मिलेर यो निर्णयमा पुगेका हौं। काठमाडौं पुगेर पार्टीको औपचारिक निर्णय सार्वजनिक गर्छौ', उनले भने।
नयाँ परिस्थितिमा पार्टीको धारणा सार्वजनिक गर्न शुक्रबार बैठक बस्ने जानकारीसमेत उनले दिए। परिस्थिति बदलिएपछि तीनै नेता बिहीबार काठमाडौंतिर लागेका छन्।
निर्वाचनमा जान संविधान संशोधन पूर्वसर्त राख्दै आएको राजपाले प्रदेश २ र ५ को निर्वाचन पनि स्थगित गर्नुपर्ने माग राखेको छ।
प्रकाशित: २ असार २०७४ ०२:०१ शुक्रबार