२७ चैत्र २०८२ शुक्रबार
image/svg+xml

आइतबार पनि ओपीडी खुल्ला हुने, ‘वोर्कलोड’ हेरेर काम गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपीडी सेवा दिन निर्देशन दिएको छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले वोर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने निर्देशन दिएको हो।

पाकिस्तानी मन्त्रीले ‘क्यान्सरग्रस्त राष्ट्र’ भनेपछि भड्कियो इजरायल

युद्धविरामको सर्तमा लेबनान समेटिएको विषयमा पनि मतभेद देखिएको छ। इरान र पाकिस्तानले इजरायली आक्रमणलाई सम्झौताको उल्लङ्घन बताएका छन् भने इजरायल र अमेरिकाले लेबनान युद्धविराममा नरहेको दाबी गरेका छन्।

लेबनानसँग कुनै युद्धविराम भएको छैन: नेतान्याहू

उनले थपे, ‘इजरायलसँग प्रत्यक्ष वार्ता सुरु गर्न लेबनानले बारम्बार गरेको अनुरोधलाई ध्यानमा राख्दै, मैले हिजो सरकारी बैठकमा लेबनानसँग प्रत्यक्ष वार्ता सकेसम्म चाँडो सुरु गर्न निर्देशन दिएको छु।’

अदुवा बेचेर गाउँपालिकाले साढे पाँच करोड भित्रायो

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु रु पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको छ ।

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।

गाँजा र ट्याब्लेटसहित दुई जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका-१० सिर्जनानगरबाट छ किलोग्राम गाँजासहित उदयपुरको कटारी नगरपालिका-८ आहालेका ३७ वर्षीय टेकबहादुर मगरलाई पक्राउ गरिएको हो।

आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३० र गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३६ रहेको छ ।

इस्लामावाद वार्ता: अमेरिका र इरानबिचको युद्धविराम स्थायी बनाउने कडा परीक्षा

पाकिस्तानका सेना प्रमुख मुनीर र प्रधानमन्त्री शरीफको सक्रियताले यो वार्ता सम्भव भएको हो। इस्लामावादमा सुरक्षा व्यवस्था कडा पारिएको छ (सात तहको सुरक्षा प्रबन्ध)। राजधानीमा दुई दिने सार्वजनिक बिदा समेत दिइएको छ।

वाइफाइको प्लग जोड्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

लिग-२ अघि नेपालले यूएईसँग टी-२०आई खेल्ने

नेपाल क्रिकेट संघ (क्यान) को अनुसार टोलीले आईसीसी विश्वकप लिग २ अगाडि यूएईसँग दुई टी–२० म्याच खेल्न लागेको हो।

मधेसकी बेटी रुबीको उपसभामुख यात्रा

प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्ने प्रतिक्रिया दिएकी छन्।

आइपीएलः अपराजित रहेका राजस्थान र बेंगलुरु भिड्दै

यसअघि, बिहीबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको थियो।

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए ।

तेल व्यवस्थापनमा इरानले ‘धेरै खराब काम’ गरेको ट्रम्पको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुजको प्रमुख स्ट्रेटबाट जाने तेलको व्यवस्थापनमा ‘धेरै खराब काम’ गरेको आरोप लगाएका छन्।

ग्रामीण र दुगर्म क्षेत्रलाई केन्द्रमा राखेर बजेट तय गर्न ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा सामाजिक न्यायलाई ख्याल गर्दै ग्रामीण र दुर्गम क्षेत्रका जनताको सेवालाई ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्