१ वैशाख २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

आइतबार पनि ओपीडी खुल्ला हुने, ‘वोर्कलोड’ हेरेर काम गर्न निर्देशन

फाइल तस्बिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपीडी सेवा दिन निर्देशन दिएको छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले वोर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने निर्देशन दिएको हो।

मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन  सो निर्णय गरेको जानकारी दिए।

विज्ञप्तीमा अस्पतालहरूले आइतबारको हकमा आफ्नो वोर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने र यस व्यवस्थाको लागि कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा विदा उपलब्ध गराउने निर्णय गरेको छ।

यस्तै, मन्त्रालयले प्रादेशिक अस्पतालहरूमा पनि सोहिअनुरुपको व्यवस्था मिलाउन सातै प्रदेशका स्वास्थ्य विभाग हेर्ने मन्त्रालयलाई निर्देशन दिएको छ।

May be an image of text

प्रकाशित: २७ चैत्र २०८२ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App