२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

दिल्ली पुगेर बाबुरामले भने: जेन-जीको शक्तिले नेपालमा नयाँ राजनीतिक युग सुरु भयो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन-जीको शक्तिले नेपालमा नयाँ राजनीतिक युग सुरु भएको बताएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आईटीएम युनिभर्सिटीद्वारा आयोजित डा. राममनोहर लोहिया स्मृति व्याख्यान कार्यक्रममा सम्बोधन गर्दै डा भट्टराईले नेपालमा देखिएको जेन-जी आन्दोलनलाई नयाँ राजनीतिक युगको सुरुआतको टिप्पणी गरेका छन् ।  

उनले भने, ‘नेपालमा गत सेप्टेम्बरमा हामीले जेनजीको शक्तिशाली विरोध प्रदर्शन देख्यौँ, जसले दुई ठुला दलहरूको गठबन्धन सरकारलाई ढालेरै छाड्यो। एक सचेत र जीवित नागरिक समाजले अर्को चुनावका लागि पाँच वर्ष कुरेर बस्दैन।’

नेपाली युवाहरूले भ्रष्टाचार, कुशासन र बढ्दो आर्थिक असमानताविरुद्ध सशक्त रूपमा आवाज उठाएको बताए। युवाहरूको प्रत्यक्ष हस्तक्षेपमार्फत राजनीतिक परिवर्तन सम्भव उनको भनाइ छ।

३५ वर्षीय बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुनु र २६ वर्षीया रुबीकुमारी ठाकुर संसद्को उपसभामुखमा निर्वाचित हुनु जेनजीको उदयका महत्त्वपूर्ण उदाहरण भएको उनले बताए ।

 

प्रकाशित: १ वैशाख २०८३ १८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App