१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

आइपीएलः अपराजित रहेका राजस्थान र बेंगलुरु भिड्दै

आइपीएलको १६ औं खेलमा शुक्रबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ। गुवाहाटीको बरसापारा क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ।

जारी सिजनमा दुबै टोली उत्कृष्ट फर्ममा छन्। राजस्थानले आफ्नो पहिलो तीन खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ। टोलीले चेन्नई सुपर किंग्स, गुजरात टाइटन्स र मुम्बई इन्डियन्स विरुद्ध जित हासिल गरेको छ। 

यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरुले पनि सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्सविरुद्ध लगातार हराएर जित दर्ता गरेको थियो।

आइपीएलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोले अहिलेसम्म कुल ३४ खेल खेलिसकेका छन्। यी खेलहरूमध्ये आरसीबीले १७ खेल जितेको छ भने आरआरले १४ खेल जितेको छ। तीन खेल बिना नतिजा समाप्त भएका छन्। बारसापारा रंगशालामा भने यी टोली पहिलोपटक आमनेसामने हुँदैछन्।

आज राजस्थान र बेंगलुरु दुबै आफ्नो अपराजित यात्रालाई कायमै राख्ने लक्ष्यको साथ मैदानमा उत्रनेछन्।

यसअघि, बिहीबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको थियो।

प्रकाशित: २७ चैत्र २०८२ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App