१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

बागमतीका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग क्षेत्रगत समस्या र समाधानका उपायबारे छलफल गरेका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा बागमती प्रदेशका सांसदहरू सहभागी भएका थिए।

बैठकमा प्रदेशका समग्र समस्या तथा प्रत्येक निर्वाचन क्षेत्रका विशिष्ट चुनौतीहरूबारे विस्तृत रूपमा जानकारी प्रस्तुत गरिएको थियो।

छलफलका क्रममा सांसदहरूले आफ्नो आफ्नो क्षेत्रका पूर्वाधार, सेवा प्रवाह, विकास आयोजना तथा स्थानीयस्तरका विभिन्न समस्याहरूबारे समग्र विवरण प्रधानमन्त्रीसमक्ष राखेका थिए।

प्रधानमन्त्रीले प्रस्तुत समस्याहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गर्दै उपलब्ध स्रोत र बजेटअनुसार चरणबद्ध रूपमा समाधान गर्ने ढाँचामा अघि बढ्ने तयारी गरेको जानकारी गराएका छन्।

साथै तत्काल समाधान आवश्यक पर्ने विषयहरू पहिचान गरी छिटो कार्यान्वयन गर्ने विषयमा समेत ध्यान केन्द्रित गरिएको जनाइएको छ।

प्रकाशित: ३० चैत्र २०८२ १५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App