१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

लिग-२ अघि नेपालले यूएईसँग टी-२०आई खेल्ने

नेपाली क्रिकेट टोलीले यूएईसँग दुई टी–२० आई प्रतियोगिता खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीले आईसीसी विश्वकप लिग २ अगाडि यूएईसँग दुई टी–२० म्याच खेल्न लागेको हो।

नेपाल र यूएईले कीर्तिपुरस्थित टीयू मैदानमा २० अप्रिल (वैशाख ७) र २१ अप्रिल (वैशाख ८) गते प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ।

आईसीसी विश्वकप लिग २ भने अप्रिल २५ बाट सुरू हुँदैछ। सिरीजमा नेपाल, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २७ चैत्र २०८२ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App