११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बलिउड अभिनेत्री रिमा लागूको निधन

बलिउड अभिनेत्री रिमा लागूको मुम्बईस्थित कोकिलाबिन अस्पतालमा बिहीबार बिहान निधन भएको छ। ह्रृदयघात भएपछि अस्पताल भर्ना गरिएकी ५८ वर्षीय अभिनेत्री लागू, ' कुछ कुछ होता हैं', 'हम आपके हैं कौन' , तु तु मे मे', 'मैंने प्यार किया', 'हम साथ साथ हैं', 'वास्तव' र 'साजन' लगायतमा गरेको अभिनयबाट चर्चित थिइन् ।

रेकर्ड तोड्न गएका ८६ वर्षीय शेरचनको सगरमाथा आधार शिविरमा निधन

सांसारकै सबैभन्दा बढी उमेरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्य सहित गएका नेपाली आरोही ८६ वर्षीय मिन बहादुर शेरचनको निधन भएको छ।

प्रजातान्त्रिक योद्धा मार्सल जुलम शाक्यको निधन

प्रजातान्त्रिक योद्धा मार्सल जुलम शाक्यको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका शाक्यको ग्रान्डी अस्पतालमा आज बिहान ८:४५ मा निधन भएको हो। मुटु, सुगरले ग्रसित शाक्य लामो समयदेखि उपचाररत थिए।

भारतीय अभिनेता विनोद खन्नाको निधन

बलिउड अभिनेता एवं सांसद विनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको छ। १४० भन्दा बढी फिल्ममा अभिनय गरेका उनको बिहीबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको हो।

कलाकार प्रदीप सिंहको निधन

लामो समयदेखि मृगौला रोगबाट पीडित कलाकार प्रदीप सिंहको शुक्रबार साँझ उपचारको क्रममा कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिर्सच अस्पतालमामा निधन भएको छ। उनको गत बर्ष मृगौला प्रत्यारोपण गरिएको थियो।

कांग्रेस नेता अटलशेरको निधन

खोटाङका पूराना कांग्रेस नेता अटलशेर राईको क्यान्सका कारण निधन भएको छ । २०३६ सालदेखि कांग्रेसको राजनीति गर्दै आएका कांग्रेस नेता राईको भक्तपुर क्यान्सर अस्पतालमा उपचारकोक्रममा शुक्रबार बिहान निधन भएको हो ।

नेका तनहुँका उपसभापति रानाको निधन

नेपाली काँग्रेस तनहुँका उपसभापति ६५ वर्षीय ताराराज रानाको बुधबार हृदयाघातका कारण अकस्मात् निधन भएको छ ।

नेता ताराराज रानाको निधन

नेपाली कांग्रेसका नेता ताराराज रानाको निधन भएको छ। नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सदस्यसमेत रहेका तनहुँ कांग्रेस उपसभापति रानाको हृदयघातका कारण बुधबार अपरान्ह पोखरास्थित फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारक्रममा निधन भएको हो।

'रक एन्ड रोल' पिताको निधन

अमेरिकी प्रसिद्ध संगीतकार एंव ‘रक एन्ड रोल’ संगीत जेनराका पिता चाल्र्स एडवार्ड एन्डरसन बेरी सिनियर (चक बेरी) को सेन्ट लुइस, मिसोउरीस्थित आफ्नै घरमा शनिबार मृत्यु भएको छ।

वीरगन्जका प्रथम नगरप्रमुख मानन्धरको निधन

वीरगन्जका पहिलो नगरप्रमुख केशरप्रसाद मानन्धरको आइतबार बिहान उपचारका क्रममा निधन भएको छ ।  लामो समयदेखि दम र श्वासप्रश्वासको समस्याबाट ग्रसित ९५ वर्षीय मानन्धरको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बिहान ५ः३० बजे निधन भएको हो ।

कांग्रेस नेता ढुंगेलको निधन

नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको निधन भएको छ। रामेछापबाट पार्टी महासमिति सदस्यसमेत रहेका पूर्वकृषि सहायकमन्त्री ढुंगेल बिहीबार बिहान डिल्लीबजारस्थित डेरामा मृत भेटिएका हुन्।

पूर्व सांसद तथा काँग्रेस नेता ढुङ्गेलको निधन

नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ ।

हाइटीका पूर्वराष्ट्रपति प्रेभलको निधन

हाइटीका पूर्वराष्ट्रपति रेने प्रेभलको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ। गरिबका अगुवाका रुपमा चिनिएका भएका प्रेभलले हाइटीको नेताका रुपमा दुई कार्यकाल सेवा गरेका थिए।

बाघको आक्रमणबाट केरा किसानको निधन

बाघले आक्रमण गर्दा चितवनमा एकजना निधन भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयले गराएको जानकारी अनुसार चित्रवन नगरपालिकाको वडा नं १४ भगेडीको केराघारी भित्र बुधबार साँझ सवा पाँच बजे बाघले भीम चापागाईलाई आक्रमण गरेको थियो। पदमपुरका चापागाई केराखेती गर्न भगडीमा बस्दै आएका थिए।

१७६ उपन्यासका लेखक वेदप्रकाश शर्माको निधन

चर्चित हिन्दी उपन्यासकार वेदप्रकाश शर्माको ६२ वर्षको उमेरमा मृत्यु भएको छ। हिन्दी साहित्यमा उनले लेखेका उपन्यास सबैभन्दा बढी बिक्री हुने सूचिमा पर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्