११ मंसिर २०८१ मंगलबार
image/svg+xml

फेसबुकमा ‘स्टाटस’ लेखेर हिँडेका विद्यार्थी नेताको सडक दुर्घटनामा निधन

सडक दुर्घटनामा गम्भीर घाइते भएका खोटाङका विद्यार्थी नेता मिलन राईको मृत्यु भएको छ। सांगठनिक कामको सिलसिलामा राजधानी काठमाण्डौंबाट दिक्तेल आउनेक्रममा मंगलबार बिहान बाइक दुर्घटनामा परी गम्भीर घाइते भएका राईको ट्रमा सेन्टरमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

एउटा हारमोनियमको निधन

विवाद हुनु त छँदै थियो, त्यसरी हारमोनियम चितामा फालिदिनु। पुरानो समयको सतीप्रथामा पनि यति निर्ममतासाथ पत्नीलाई पतिको चितामा हुर्‍याइँदैनथ्यो होला। मानिसहरूले अनुमान गरे। छोरोले निर्ममतापूर्वक त्यो एन्टिक भइसकेको हारमोनियम आगोमा होमिदियो। अचेल यस्तो हारमोनियम पाइँदैन। ओल्ड इज गोल्ड। कसैले भने– 'ठीक गर्‍यो! बुढोले हारमोनियमको पछि लागेर स्वास्नी–छोरो छाडिदियो। आफू पनि मर्‍यो।'

कांग्रेस नेता तिवारीको निधन

नेपाली कांग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ। प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा निधन भएको उनको परिवार निकट कांग्रेस नेता लोकेश ढकालले राससलाई जानकारी दिए।

मोटरसाईकल दुर्घटनामा प्रहरी जवानको निधन

यहाँका एक प्रहरी जावनको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ। पूर्वी गाविस रामपुर ठोक्शीलास्थित इलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत जवान ३३ वर्षीय ज्ञानदेव यादवको सोमबार दिउसो दुर्घटनामा परी निधन भएको हो।

चन्द्रमाका अन्तिम यात्रीको निधन

अमेरिकी अन्तरिक्ष यात्री जीन सर्ननको ८२ वर्षको उमेरमा निधन भएको छ। उनी चन्द्रमामा जाने अन्तिम व्यक्ति थिए। अमेरिकी स्पेस एजेन्सी नासालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार क्याप्टेन सर्जन ती तीन जना अन्तरिक्ष यात्री मध्ये एक जना थिए, जो दुईपटकसम्म चन्द्रमामा पुगेका थिए भने, १९७२ मा चन्द्रमाको धरातल छोड्ने अन्तिम व्यक्ति थिए।

चर्चित गायक यम बुद्धको निधन

युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ।  शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्। २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए।

बलिउड अभिनेता ओम पुरीको निधन

बलिउड अभिनेता ओम पुरीको निधन भएको छ। ६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रवार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 'हृदयघातका कारण ओमजीको आज बिहान निधन भयो,' पुरीका नजिकका साथी अशोक पण्डिलाई उद्धृत गर्दै इन्डियन एक्स्प्रेसले जनाएको छ।

अभिनय गर्दा गर्दै रंगकर्मी फुँयालको निधन

पुराना रंगकर्मी विष्णुभक्त फुयाँलको नाटकमा अभिनय गर्दा गर्दै निधन भएको छ। जमल स्थित नाचघरमा मञ्चन भइरहेको बद्री अधिकारी निर्देशित नाटक 'महर्षी याज्ञबल्क्य' मा डायलग बोल्दा बोल्दै ७९ बर्षीय फुयाल बेहोस भएका थिए।

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

नेपाली भाषा -साहित्यसेवी कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन भएको छ।श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचारको क्रममा बिहान २:४५ बजे निधन भएको पारिवारले जनाएको छ।

मुस्ताङका पूर्वराजा विष्टको निधन

मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्टको उपचारका क्रममा ओम अस्पतालमा शुक्रबार बिहान निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्पताल भर्ना गरिएको थियो। फोक्सोको समस्याबाट पीडित उनलाई उच्च रक्तचाप समेत थियो।

झापाका वरिष्ठ पत्रकार ढकालको निधन

झापाका वरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ। मधुमेह र मिर्गौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। एक वर्षअघिदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित उनलाई गत बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

हाँस्य कलाकार आरपीको ४५ वर्षको उमेरमा निधन

हाँस्य टेलिसिरियल ‘तीतो सत्य’का हाँस्य कलाकार आरपी भट्टराईको बिहीबार राति बिराटनगरस्थित मधुमारामा निधन भएको छ। मधुमेह र उच्च रत्तचापबाट पीडित हाँस्य कलाकार आरपी भट्टराई पछिल्लो समय ‘छक्का पञ्जा’ नामक फिल्ममा अभिनय गरेका थिए।

तमिलनाडूकी मुख्यमन्त्री जयललिताको निधन

तमिलनाडूकी मुख्यमन्त्री जयललिताको निधन भएको छ। चेन्नईको अपोलो अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः ३० मा निधन भएको भारतीय बीबीसीले जनाएको छ।

फिडेल क्यास्ट्रोको निधनप्रति ट्रम्प खुशी !

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दिगंवत साम्यवादी नेता फिडेल क्यास्ट्रोलाई क्रुर तानाशाहको संज्ञा दिएका छन्। एएफपीका अनुसार ट्रम्पले फिडेल क्यास्ट्रोलाई आफ्ना जनतामाथि अत्याचार गर्ने नेता भएको बताएका हुन्। ट्रम्पले फिडेलको मृत्युपछि क्युवा स्वतन्त्र भविष्यतर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

गायक रुवि जोशीको उपचारको क्रममा निधन

पुराना गायक रुवि जोशीको निधन भएको छ । साधना कलाकेन्द्रका मिलन मोक्तानका अनुसार शुक्रबार मधुमेह रोगको उपचारको क्रममा निदान अस्पतालमा निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्