११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रजातान्त्रिक योद्धा मार्सल जुलम शाक्यको निधन

काठमाडौं- प्रजातान्त्रिक योद्धा मार्सल जुलम शाक्यको ७७ वर्षको उमेरमा निधन भएको छ। कांग्रेस नेता तीर्थराम डंगोलका अनुसार शाक्यको ग्रान्डी अस्पतालमा आज बिहान ८:४५ मा निधन भएको हो। मुटु, सुगरले ग्रसित शाक्य लामो समयदेखि उपचाररत थिए।

नेता डंगोलका अनुसार शाक्यको पार्थव शरीरलाई केहीबेरमा पार्टी कार्यालयमा राखिनेछ। त्यसपछि अन्तिम संस्कार गरिने डंगोलले बताए। 'राज्यले प्रजातान्त्रिक योद्धालाई सम्मान दिनुपर्छ। उनको अन्त्यष्टि राज्यले दिने सम्मानसहित गरियोस्,' उनले नागरिकन्युजसँग भने।

२०१७ पुस १ गतेको राजाको कदमपछि सबैभन्दा पहिला जुलुको निकालेर शाक्यले नेतृत्व लिएका थिए। त्यसको भोलिपल्टै उनलाई पक्राउ गरिएको थियो। लामो समय जेल बसेका उनी २०२४ सालमा रिहा भएका थिए।

२०१४ सालदेखि कांग्रेसमा आबद्ध शाक्य २०४७ सालको अन्तरिम सरकारमा पूर्व आपूर्ति तथा बाणिज्य र भौतिक आवास तथा निर्माण मन्त्री भएका थिए। ४० को दशकमा काठमाडौं कांग्रेसको सभापति, ०४६ सालको जनआन्दोलनमा काठमाडौ उपत्यकामा आन्दोलनका कमाण्डर समेत रहेका थिए। 

प्रकाशित: २३ वैशाख २०७४ ०४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App