४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हाइटीका पूर्वराष्ट्रपति प्रेभलको निधन

फाइल तस्बिरः हाइटीका पूर्व राष्ट्रपति रेने प्रेभल

हाइटी– हाइटीका पूर्वराष्ट्रपति रेने प्रेभलको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ। गरिबका अगुवाका रुपमा चिनिएका भएका प्रेभलले हाइटीको नेताका रुपमा दुई कार्यकाल सेवा गरेका थिए।  

“पूर्वराष्ट्रपति रेने प्रेभलको निधन भएको खबर सुन्नु पर्दा मलाई निकै दुःख लागेको छ,” राष्ट्रपति जोभेनेल मोइसले ट्विटरमा लेखेका छन्, “हाइटीको सम्मानीत नेता उनप्रति हामी सँधै नतमस्तक छौँ ।” 

अर्का पूर्वराष्ट्रपति मिचेल मार्टेलीले पनि सामाजिक सञ्जालमार्फत् प्रेभलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।  

“राष्ट्रपति प्रेभल, मेरो दाई, मेरो साथि, मेरो सल्लाहकार, हामीलाई सोकमा पारेर जानुभएकोछ,” मार्टेलीले ट्विटरमा लेखेका छन्। उनी सन् २०११ देखि २०१६ सम्म हाइटीको राष्ट्रपति बनेका थिए।  

स्थानीय सञ्चार माध्यमले प्रेभलकी बहिनीलाई उदृत गर्दै दिएको जानकारीअनुसार, हृदयघातका कारण उनको निधन भएको हो । 

लामो राजनीतिक हिंसापछि उनी इमान्दार र सक्षम नेताका रुपमा हाइटीमा स्थापित भएका थिए।  

उनी सन् १९९६ देखि २००१ र २००६ देखि २०११ सम्म हाइटीको राष्ट्रपति बनेका थिए। हाइटीमा दुई कार्यकाल राष्ट्रपति बन्ने व्यक्ति उनी एक जना मात्रै हुन्। दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने हाइटीको संवैधानिक व्यवस्था छ। 

आफ्नो कार्यकालमा उनलाई कुनै आरोप लगाइएको थिएन भने उनलाई हटाउने कुनै प्रयास पनि भएको थिएन। उनी लोकप्रिय हुँदाहुँदै पनि संवैधानिक अड्चनका कारण उनी दुई कार्यकालभन्दा बढी समय राष्ट्रपति बन्न पाएका थिएनन्। एजेन्सी 

प्रकाशित: २१ फाल्गुन २०७३ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App