पर्सा – वीरगन्जका पहिलो नगरप्रमुख केशरप्रसाद मानन्धरको आइतबार बिहान उपचारका क्रममा निधन भएको छ ।
लामो समयदेखि दम र श्वासप्रश्वासको समस्याबाट ग्रसित ९५ वर्षीय मानन्धरको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बिहान ५ः३० बजे निधन भएको हो ।
श्वास लिन गाह्रो भएपछि दुई हप्ताअगाडि मानन्धरलाई वीरगन्जकै नेसनल मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार देखिएपछि उनलाई चार दिनअगाडि नाराणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो। ।
विसं १९७९ असोज २८ गते वीरगन्जको बिर्तामा जन्मिएका मानन्धर वीरगन्जकै तत्कालीन त्रिजुद्ध हाइस्कुलमा शिक्षकका रुपमा कार्यरत रहँदाकै बखत २०१० सालमा वीरगन्जको पहिलो ‘मेयर’मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि २०१४ सालमा पनि उनी प्रमुखको चुनावमा निर्वाचित भएका थिए । रासस
प्रकाशित: ६ चैत्र २०७३ ०७:०८ आइतबार