आफूले गर्दा राष्ट्रवादी हुने, अर्कोले गर्दा राष्ट्रघाति : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन्। प्रेस सेन्टर कास्कीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले असन्तुष्ट प्रतिपक्ष एवम् आन्दोलनरत दलसँग छलफलका आधारमा परिमार्जन गरेर अघि बढ्न सकिने बताए।