९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रचण्डपथमा कांग्रेस

निर्दलीय पञ्चायत व्यवस्था ढलेपछि झन्डै १२ वर्ष नेपाली कांग्रेसले पटकपटक सत्ताको नेतृत्व लियो। त्यहीबीचमा माओवादीले विदेशीद्वारा लिखित, निर्देशित, संरक्षित र सञ्चालित रहस्यमय नाटक खेले। गोन्जालोको साइनिङपाथको नक्कल गर्दै सशस्त्र विद्रोहका राजनीति, कार्यनीति र मार्गचित्रलाई ‘प्रचण्डपथ’ भनियो।

कांग्रेस पुननिर्माणमा रामचन्द्रको पुस्तक

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो दल कांग्रेस र लोकतान्त्रिक समाजवाद पुर्नब्याख्या गर्दै पुस्तक लेखेका छ।

पार्टी पराजयबारे देउवा र पौडेलबीच केन्द्रीय समितिमै चर्काचर्की

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच केन्द्रीय समिति बैठकमै तीब्र विवाद भएको छ। महासमिति बैठकको संघारमा बिहीबारको केन्द्रीय समिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच पार्टी सञ्चालन र निर्वाचनमा पराजयको विषयलाई लिएर विवाद भएको हो।

सरकार संघीयता समाप्त पार्ने डिजाइनमा : कांग्रेस नेता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता महेन्द्र यादवले सरकार संघीयता समाप्त पार्ने डिजाइनमा लागेको आरोप लगाएका छन्। विहीवार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता यादवले वर्तमान सरकार संघीयता नै समाप्त पार्ने डिजाइनमा लागेको भन्दै गठन भएको एक वर्ष भइसक्दा पनि केन्द्र सरकारको कमजोरीका कारण अहिलेसम्म प्रदेश सरकारले पाउनुपर्ने ऐन तथा कानुन नपाएको जिकिर गरे।

मुख्य विषय छाडेर कांग्रेसको ध्यान अन्यत्रै

नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुन एकदिन मात्र बाँकी रहे पनि पार्टी विधानमा शीर्ष नेताबीच समझदारी बन्न सकेको छैन।

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो।

‘महासमिति बैठक संगठन पुनर्जागरणको प्रस्थानबिन्दु’

नेपाली कांग्रेसले आशन्न महासमिति बैठकलाई पार्टी पुनर्जागरणको प्रस्थान बिन्दु बनाउने जनाएको छ। जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा महामन्त्री शशांक कोइरालाले सांगठनिक प्रतिवेदन पेस गर्दै विगतका गल्तीकमजोरी सच्याउँदै संगठनलाई जनतामा आशा जगाउने र भरपर्दो बनाउने दाबी गरिएको छ।

आठौं राष्ट्रिय खेलकुद अझै अनिश्चित

दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने राष्ट्रिय खेलकुद समग्र नेपाली खेलाडीको भविष्य निर्धारण गर्ने एक ठूलो प्रतियोगिता हो। तर, पहिला तीन संस्करणभन्दा बाहेक त्यसपछिका संस्करण भने २–२ वर्षमा हुन सकेनन्। वि.सं. २०३८ सालमा पहिलो संस्करण काठमाडौंमा भएको थियो।

पुरुष हाफ म्याराथनमा आर्मीको कब्जा

पाँचौं ग्रेट हिमालय पर्वतीय महोत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसर पारेर आयोजित पुरुष हाफ म्याराथनमा नेपाली सेनाका धावकले आधिपत्य कायम गरेका छन्।

विश्वप्रकाश र गगनले भने : ‘बुद्धिजिवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक’

नेपाली काङ्ग्रेसका युवा नेताहरुले नेपाल इञ्जिनियर्स एशोसिएशनको आसन्न निर्वाचन लोकतान्त्रिक तथा गैरलोकतान्त्रिक शक्तिबीचको जनमत सङ्ग्रह भएको बताएका छन्। बृहत् लोकतान्त्रिक युवा इञ्जिनियर भेलालाई मंगलवार सम्बोधन गर्दै नेताहरुले बुद्धिजीवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक हुने विचार राखे।

कांग्रेस प्रस्तावित बिधान जनसम्पर्कलाई अधिकारविहिन बनाउन लागेको भन्दै बिरोध

नेपाली कांग्रेसको प्रस्तावित संशोधित बिधानमा जनसम्पर्क समितिको अधिकार कटौती गर्न खोजेको भन्दै बिरोध सुरु भएको छ। जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले केन्द्रीय समिति बैठकमा बोल्दै प्रस्तावित संशोधित बिधानको बिरोध गरेका हुन्।

कांग्रेसको आर्थिक प्रस्ताव : सरकारलाई शिक्षा

नेपाली कांग्रेसको महासमितिको बैठक मंसिर २८ गतेबाट काठमाडाँैमा हुँदै छ। आम निर्वाचनको परिणामले स्थानीय सरकारबाहेक प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली कांग्रेसको पराजयपछि र विगत २५ वर्षको अवधिमा लामो समयसम्म प्रतिपक्षमा बस्नुपर्ने बाध्यात्मक स्थितिमा यो महासमितिको बैठक र यसमा प्रस्तुत हुने आर्थिक र राजनीतिक प्रस्तावले नेपाली कांग्रेस र देशको राजनीतिमा दूरगामी असर पार्नेछ।

रोहित चन्दको टोलीलाई उपाधि

नेपाली राष्ट्रिय टोलीका रक्षक रोहित चन्दको टोली पर्सिजा जाकार्ताले यस सिजनको ‘गो–जेक लिग वान’ को उपाधि जितेको छ।

सरकार एकदलीय सर्वसत्तावादतर्फ उन्मुख : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान जारीपछिको सहज राजनीतिक वातावरणमा पनि कम्युनिस्ट नेतृत्व सरकार आर्थिक विकास, सुशासन, शान्ति सुरक्षासहितका सबै क्षेत्रमा असफल भएको आरोप लगाएको छ। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा गठन भएको राजनीतिक प्रस्ताव लेखन समितिले तयार गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्व सरकारको दस महिनामा मुलुकमा सकारात्मक कुनै संकेत नदेखिएको ठहर गरेको हो।

साँस्कृतिक र धार्मिक विखण्डनलार्इ कांग्रेसले राेक्छ : नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी साँस्कृतिक र धार्मिक विखण्डनको पक्षमा नरहेको बताएका छन्। धादिङको बेनिघाट रोराङ गाउँपालिकाको चरौदीमा संचालित कृषि, पर्यटन तथा औद्योगिक मेलाको समापन कार्यक्रममा बोल्दै नेता पौडेलले साँस्कृतिक द्वन्द्वको अवस्थालाई नेपालमा आउन नदिन काँग्रेस प्रतिबद्ध रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्