१० मंसिर २०८१ सोमबार
image/svg+xml

५ सय ५० पत्रकारलाई काेराेना सङ्क्रमणः सातको निधन

कोभिड-१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ। नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिए।

पत्रकार महासंघ खोटाङ शाखाका सचिवलाई कोरोना संक्रमण

नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव लोकमणी रिजाललाई कोरोना संक्रमण पुष्टी भएको छ । कोभिड–१९ बाट संक्रमण भएको पुष्टी भएपछि सचिव रिजालको हाल कोभिड अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

दुई पत्रकार पक्राउ, महासंघको आपत्ति

समाचारको विषयलाई लिएर प्रहरीद्वारा पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तीन दिनको म्याद थप गरी महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ। प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको थियो।

कोरोना संक्रमणबाट दाङका एक पत्रकारको निधन

अवस्था जटिल बन्दै गएपछि केहि दिन अघि उनलाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पुर्याईएको थियो । काठमाडौँ स्थित करुणा अस्पतालमा भेन्लिेटरमा राखेर उपचार गरिएका अधिकारीको मंगलबार राती निधन भएको हो ।

पत्रकार महासंघ रौतहटलाई बाटो खुल्यो

नेपाल पत्रकार महासंघ रौतहट शाखाको नवनिर्वाचित कार्यसमितिले कामकाज गर्न पाउने भएको छ। गत चैत ३० मा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले उत्प्रेषण परमादेश जारी गरी सपथ ग्रहण तथा कामकाज गर्न रोक लगाएकोमा चैत ५ देखि कामकाज गर्न पाउने आदेश जारी गरेको छ।

७० वर्षको इतिहास समेटिएको ‘धौलागिरिको पत्रकारिता’

धौलागिरिको पत्रकारिता अलि फरक र रोचक इतिहास भएको तर लिपिबद्ध नहुँदा निकै समस्या भएको पाइएकाले ७० वर्षको इतिहास, वर्तमान र धौलागिरिको पत्रकारिताका विषय समेटेर पुस्तक प्रकाशन गरेको पुस्तकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका निवर्तमान अध्यक्ष दिल शिरिषले बताए।

नागरिककर्मी दङ्गाललाई प्रगति पत्रकारिता सम्मान

नागरिक दैनिकका सिन्धुपाल्चोक संवाददाता ध्रुव दङ्गाल यस वर्षको प्रगति पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघमा विपुल पोख्रेलको प्यानल विजयी

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन्। आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका छन्।

पत्रकार महासंघको मतगणना जारी, कसले कति मत ल्याए ?

पत्रकार महासंघको २१६ औं महाधिववेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। जिल्ला, प्रदेश, प्रतिष्ठान, केन्द्र सबै तहमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो।

पत्रकार महासंघ खोटाङको अध्यक्षमा खत्री

नेपाल पत्रकार महासंघको अध्यक्षमा दिलीप खत्री निर्वाचित भएका छन् । महासंघ जिल्ला शाखाको छैठौं अधिवेशन एबं नवौं साधारणसभा अन्तरगत भएको निर्वाचनबाट खत्री अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।

पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा गौतम

नेपाल पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा आनन्द गौतम निर्वाचित भएका छन्। चन्द्र पन्दाक‘प्रयास’लाई झिनो मतले पराजित गर्दै गौतम पत्रकार महासंघ ताप्लेजुङको सातौं अध्यक्ष निर्वाचित भएका हुन्।

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर

नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन्। बुधबार भएको महासंघको २६औं महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गरेका थिए।

मुलुकभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ। पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो।

नेपाल पत्रकार महासंघ रसुवा शाखाको अध्यक्षमा पौडेल

नेपाल पत्रकार महासंघ रसुवा शाखाको अध्यक्षमा केशवप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्। सोमबार भएको दावीविरोध कार्यक्रममा अध्यक्षका अर्का उम्मेदवार हेमनाथ खतिवडाले मनोयन फिर्ता लिएसँगै पौडेल निर्विरोध निर्वाचित भएका हुन्।

पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार

नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार निर्विरोध निर्वाचित भएका छन्। शाखाको शुक्रबार भर्चुअल मार्फत सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्