coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार

नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार निर्विरोध निर्वाचित भएका छन्। शाखाको शुक्रबार भर्चुअल मार्फत सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षहरुमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवहरुमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेको शाखाको निर्वाचन समितिका संयोजक राजेश चाम्लिङ्गले जनाए।

यसैगरी, कार्यसमिति सदस्यहरुमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर ९सन्जु० काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका छन्।

शाखाको संरक्षकहरुमा पुष्प बरुवाल, पन्चम अधिकारी र राजकुमार दिक्पाल रहेका छन्।

अधिवेसनका लागि केन्द्रीय समितिबाट बेलायत शाखाका पूर्व अध्यक्ष चिरन शर्मा केन्द्रीय प्रतिनिधि तोकिएका थिए। शाखामा ५९ सदस्य रहेका छन्। शाखाको चौथो अधिवेसनको उद्घाटन फेब्रुअरी २० तारिखमा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले गरेका थिए।

प्रकाशित: १४ चैत्र २०७७ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App