१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

पत्रकार महासंघ खोटाङ शाखाका सचिवलाई कोरोना संक्रमण

नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव लोकमणी रिजाललाई कोरोना संक्रमण पुष्टी भएको छ । कोभिड–१९ बाट संक्रमण भएको पुष्टी भएपछि सचिव रिजालको हाल कोभिड अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । 

पत्रकार रिजाल चार दिनअघि अस्पताल भर्ना भएको नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए । बिरामी भएको तीन दिनपछि पत्रकार रिजाल अस्पताल भर्ना भएका हुन् । केही समय अघिदेखि बिराटनगर बस्दै आएका उनको आइसियूमा राखेर उपचार भइरहेको महासंघले जनाएको छ । संक्रमित पत्रकार रिजाल देशपोष्ट डटकमका सम्पादक हुन् ।  

पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमका अनुसार १ नम्बर प्रदेशमा ११ जना पत्रकार कोरोनाबाट संक्रमित भएका छन् । झापाका ४ जना, मोरङका ३ जना, ओखलढुंगाका २ जना, सुनसरीका १ जना पत्रकार संक्रमित भएका छन् ।

प्रकाशित: १८ वैशाख २०७८ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App