२३ आश्विन २०८१ बुधबार
image/svg+xml

टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु

संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ । दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमाथि गोली हानिएको प्रहरीले जनाएको छ ।

उत्तरी मोजाम्बिकमा ग्यास परियोजनाका कामदारमाथि गोली प्रहार, आठको मृत्यु

मोजाम्बिकको उत्तरी क्षेत्रस्थित एक निजी ग्यास परियोजनामा कार्यरत मजदूरमाथि बन्धुकधारीले गोली प्रहार गरी हत्या गरिदिएका छन्।

गोली लागेको अवस्थामा प्रहरी मृत फेला

राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृत फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनको कच्चटमा गोली लागेको पाइएको छ।

बाजुरामा गोली हानेर श्रीमतीको हत्या

गौमुल गाउँपालिका ४ बस्ने गोरख रोकायाले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन्। ४० वर्षका गोरख रोकायाले बुधबार राति ३३ वर्षीया श्रीमती सुन्तु रोकायालाई गोली हानेर हत्या गरेका हुन्। आफूसँग भएको घरेलु भरुवा बन्दुकको प्रयोग गरेर हत्या गरेको प्रहरीले बताएको छ।

गोली लागेर महिलाको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

डोटीको जोरायल गाउँपालिकाकी एक महिलाको भरूवा बन्दुकको गोली लागेर मृत्यु भएको छ।

माेरङमा सशस्त्र प्रहरीको गस्ती टोली र सिकारी समूहबीच गोली हानाहान

मोरङको सलकपुरस्थित राष्ट्रिय वन परिसरमा शुक्रबार अपरान्ह गोली हानाहान भएको छ। वनको सशस्त्र गस्ती टोली र वन्यजन्तु सिकारी समूहबीच गोली हानाहान भएको हो। तर, घटनामा कोही पनि घाइते भएका छैनन्।

आफैले चलाएको बन्दुकको गोली लागेर घाइते

बाख्रा चराउन गएका एक जना स्थानीय बिहीबार दिउँसो जंगलमा आफूले बन्दुक पड्काउँदा घाइते भएका छन्। नौमुले गाउँपालिका–२ घर भएका ३२ वर्षका विर्खबहादुर शाहीले बन्दुक पड्काउँदा घाइते भएका हुन्।

तराई मुक्ति मोर्चाका 'सैन्य कमाण्डर' पटेल पक्राउ, प्रहरीको जवाफी कारबाहीमा घाइते

प्रहरीको गोली लागेर घाइते भएका कुर्मीको चन्द्रनिगापुर अस्पतालमा उपचार भैरहेको एसपी खड्काले बताए। उनी यसअघि पनि पक्राउ परेर छुटेका थिए। प्रहरीले उनलाई खोजीको सूचीमा राखेको थियो।

‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १२ सर्वसाधारणको मृत्यु

थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १२ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गोली प्रहार गरी गाँजा बरामद

प्रहरीले चार राउन्ड गोली प्रहार गरी ३२ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहारका ३७ वर्षीय दिलीपकुमार सिंह, १८ वर्षीय उज्वलकुमार ठाकुर र रौतहटको यमुनामाई गाउँपालिका ४ का २४ वर्षीय विकाश सिंह छन्।

माओवादीले लुकाएको एसएमजी र १० हजार थान गोली बरामद

सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साबिक भरौल गाविस) स्थित तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको घर परिसरबाट एसएमजी हतियार र १० हजार थान गोली बरामद भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्